Prakash Adhikari January 4, 2024

काठमाडौं,१९ पौष। भारतीय विदेश मन्त्री एस जयशंकर आज नेपाल आउँदै हुनुुुहुन्छ। दुई दिने नेपाल भ्रमणमा आउने बिदेश मन्त्री जयशंकर आज विभिन्न कार्यक्रममा सरिक भई भोलि स्वदेश फर्कनुु हुनेछ ।

आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण हुने विदेशमन्त्री जयशंकरको पहिलो भेट बिहान ११ः०० शितल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग हुने भेटघाट कार्यतालिकामा उल्लेख गरिएको छ।

राष्ट्रपति पौडेलसँग भेटवार्ता सम्पन्न गरे पछि विदेशमन्त्री जयशंकरले अपरान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटबार्ता गर्नुहुनेछ भने १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

लगत्तै १ः१५ बजेबाट त्यहाँ दुबै देशका मन्त्रीस्तरीय बैठक सुरु हुनेछ भने १ः४५ बजे बिभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ।

सो सम्झौता पछि विदेश मन्त्री जयशंकर शीर्ष राजनीतिक नेतासँग भेटवार्तामा सरिक हुनुहुनेछ। जसअनुसार ३ः४५ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता हुनेछ भने ४ः३० बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता हुने जनाइएको छ।

साँझ ६ः१५ सोल्टी होटलमा विदेश मन्त्री जयशंकरको सम्मानमा रात्रि भोज आयोजना गरिएको छ।

भोलि भने भारतीय विदेश मन्त्री जयशंकरको औपचारिक कार्यक्रम छैन् । उहाँले बिहान पशुपतिनाथको दर्शन गर्नुहुनेछ । भारतीय सहयोगमा पुर्ननिमार्ण भइरहेका भवनहरुको निरीक्षण गरेर उहाँ शुक्रबार १२ बजे अपरान्ह स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Share Now