Prakash Adhikari January 4, 2024

 

काठमाडौं, १९ पौष। ग्लोबल आइएमई बैंकले आफ्नो १७औं वार्षिकोत्सवका अवसरमा २ सय ५३ कर्मचारीलाई सम्मान गरेको छ। बैंकले १५ वर्ष सेवा पूरा गरेका कर्मचारीलाई एक समारोहबीच सम्मान गरेको हो।

नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष समेत रहनुभएका बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सम्मानस्वरुप उपहार प्रदान गर्नुभएको थियो।

उहाँले ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकले सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताउनुभयो।
अध्यक्ष ढकालले सरकार र नेपाल राष्ट्र बैंकका नीति पालन गर्दै बैंक अहिलेको अवस्थामा आइपुगेको भन्दै लक्ष्य प्राप्तिभन्दा मिहेनत र लगनशिलतामा जोड दिन कर्मचारीहरुलाई आग्रह गर्नुभयो। ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्‍नराज बज्राचार्यले बैंक आफ्नो सेवालाई नविनतम् तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताउनुभयो।

वरिष्ठ नायव प्रमुुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

ग्लोबल आइएमई मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले ३ सय ५५ शाखा, ३ सय ७९ एटीएम, २ सय ७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सय भन्दाबढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दैआएको छ।

Share Now