Prakash Adhikari January 4, 2024

काठमाडौं, १९ पौष । सिटिजन्स क्यापिटल लिमिटेड र युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडबीच डिल्लीबजारमा साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष आशीष थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको आयोजना ‘मेवा खोला जलविद्युत् आयोजना’ ताप्लेजुङ्ग जिल्लामा अवस्थित रहेको छ र सो आयोजनाको जडित क्षमता ५० मेगावाट रहेको छ ।

Share Now