काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
बैठक पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने भएको छ ।
बैठकमा गतबर्ष राष्ट्पतिको निर्वाचनका समयदेखि बनेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको सहकार्यको समीक्षा र गठबन्धन टुट्नुको कारणबारे छलफल हुने बताइएको छ ।
वर्तमान गठबन्धन टुट्नुमा नेकपा माओवादीले नेपाली कांग्रेसको नेतृत्व र मन्त्रीहरुलाई दोषारोपण गरेकोले नेपाली कांग्रेसले यसका सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गर्ने पनि बताइएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहनेछ ।