काठमाडौँ, ३ कार्तिक । सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त हुनुभएको छ ।
शुक्रबार बसेको संचालक समितिको ३१६औं बैठकले श्रेष्ठलाई कात्तिक १ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका श्रेष्ठ स्थापनाकालदेखि नै बैंकमा आवद्ध हुनुहुन्छ । उहाँ बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८४ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिब चारलाख ग्राहकलाई बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।