जेनेभा(स्वीजरल्याण्ड), २७ चैत्र । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबाट लगातार दुईदिन आक्रोशयुक्त आलोचनाको सामना गरेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।
बुधवार संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले डब्ल्यूएचओका कामको बचाउ गर्दै कोभिड १९ लाई राजनीतिकरण गर्ने काम अन्त्य हुनुपर्ने बताउनुभयो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि उक्त राष्ट्रसङ्घीय निकायलाई पैसा दिन रोक्नेबारे आफूले सोच्ने बताउनुभएको थियो।
राष्ट्रपति ट्रम्पको भनाई
ब्ल्यूएचओ धेरै चीन-केन्द्रीत भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले सो संस्थाले महामारीविरूद्धका कामलाई फिका साबित गरिदिएको बताउनुभएको थियो।
तर महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भन्नुभयो,’हामी सबै देशको नजिक छौँ र रङ्गको आधारमा कसैलाई विभेद गरेका छैनौँ।’
The W.H.O. really blew it. For some reason, funded largely by the United States, yet very China centric. We will be giving that a good look. Fortunately I rejected their advice on keeping our borders open to China early on. Why did they give us such a faulty recommendation?
— Donald J. Trump (@realDonaldTrump) April 7, 2020
अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त सङ्गठनले आफ्ना सही प्राथमिकता पहिल्याउन सक्नुपर्ने’ बताउँदै उसलाई आर्थिक सहायता दिइरहनेबारे एउटा अध्ययन गरेर निर्णय लिइने बताउनुभयो।

जवाफ
डा. टेड्रोसले भने ट्रम्पका ती भनाइहरूको खण्डन गर्नुभएको छ ।
ट्रम्पलाई जवाफ दिएझैँ देखिनेगरी गेहब्रेयसले भन्नुभएको छ, ‘सबैभन्दा शक्तिशालीले अगाडिको बाटो देखाउने हो र कृपया अहिले कोभिड-१९ राजनीतिलाई क्वारन्टाइनमा राखौँ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले मङ्गलवार पहिलोपटक डब्ल्यूएचओमाथि प्रहार गनुभएको थियो।
बुधवारको नियमित पत्रकार सम्मेलनमा समेत उहाँले आफ्नो पहिलो आलोचनालाई दोहोर्याउनुभयो ।
चीनसँगको निकटता ‘वास्तवमै आवश्यक’
कोभिड १९ सबैभन्दा पहिले गत डिसेम्बर महिनामा चीनको वुहान शहरमा देखिएको थियो। त्यहाँ ११ साताको लकडाउन हालै अन्त्य गरिएको छ।
डब्ल्यूएचओका प्रमुख एकजना सल्लाहकारले यसअघि रोगको सुरुवाती चरण बुझ्न चीनसँगको निकट कार्य ुवास्तवमै आवश्यकु रहेको जनाउनुभएको थियो।

डब्ल्यूएचओका प्रमुख एकजना सल्लाहकारले रोगको सुरुवाती चरण बुझ्न चीनसँगको निकट कार्य ुवास्तवमै आवश्यकु रहेको जनाउनुभएको थियो।
अमेरिकाले डब्ल्यूएचओको समग्र बजेटमा १५ प्रतिशत योगदान दिनेगरेको उक्त सङ्गठनको विवरणले देखाउँछ।
डब्ल्यूएचओमाथि अमेरिकी राष्ट्रपति ट्रम्पको प्रहार भने उहाँको आफ्नै प्रशासनमाथि महामारीसँग जुझ्ने कामका लागि भइरहेको आलोचनाबिच आएको हो।


















