Prakash Adhikari November 2, 2020

दुबाई(संयुक्त अरब इमिरेट्स), १७ कार्तिक । ६० रनको ठूलो अन्तरले पराजित गर्दै कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई आईपीएलको प्लेअफ पुग्नबाट रोकेको छ भने आफ्नोसम्भावना जीवितै राखेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा कोलकाताले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो।

Image

राजस्थानको लागि जोस बटलरले ३५, राहुल तेवतियाले ३१, श्रेयस गोपालले अविजित २३ तथा बेन स्टोक्सले १८ रन बनाए । त्यस्तै जोफ्रा आर्चर र रविन उथप्पाले ६ । ६, स्टेभेन स्मिथ ४, कार्तिक त्यागी २ सञ्जु स्याम्सनले एक रनको योगदान दिए ।

राजस्थानलाई रोक्न प्याट कमिन्स एक्लैले ४ विकेट लिए भने वरुण चक्रवर्ती र शिभम माभीले समान २ विकेट तथा कमलेश नगरकोटीले १ विकेट लिए।

कोलकाताको ब्याटिंग

यस अघि टस हारेर ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो।

कोलकाताको लागि कप्तान ओएन मोर्गनले ६८,राहुल त्रिपाठीले ३९ , शुबमन गिलले ३६ ,आन्द्रे रसेलले २५,प्याट कमिन्सले १५ र कमलेश नगरकोटीले १ रन बनाए।

कोलकोतालाई रोक्न राजस्थानको बलिंगमा राहुल तेवतियाले ३, कार्तिक त्यागीले २ तथा जोफ्रा आर्चर र श्रेयस गोपालले एक एक विकेट लिए।

अंकतालिका र प्लेअफ संभावना

यो खेलको नतिजासंगै १४ खेलमा ६ जित र ८ हार ब्यहोरेको राजस्थान प्ले अफ पुग्न असफल तेश्रो टिम बनेको छ। यस अघि चेन्नाई र पञ्जाबले आफ्नो मार्ग सहज बनाउन सकेका थिएनन् । मुम्बईले प्लेअफ तथा शिर्ष २ मा स्थान पक्का गरिसकेको छ।


१४ खेलमा ७ जित र ७ हार ब्यहोरेको कोलकोत्ता यस खेलपछि १४ अंक सहित अंकतालिकामा चौथो स्थानमा उक्लेको छ।

अब कोलकाता प्लेअफ पुग्नको लागि हैदरावाद अन्तिम खेलमा मुम्बईसंग पराजित हुनुपर्नेछ। यदि हैदरावादले मुम्बईलाई पराजित गरेको खण्डमा हैदरावादको पनि १४ अंक हुनेछ भने बैंगलोर र दिल्ली बीच पराजित हुने टिमको पनि १४ अंक हुनेछ त्यसपछि प्लेअफ पुग्ने टिमको फैसला नेट रन रेटमा हुनेछ।

दिल्ली र बैंगलोर बीचको खेलमा पराजित हुने टिम कोलकाता भन्दा नेट रन रेटमा पछि भएको खण्डमा कोलकाता प्लेअफ पुग्नेछ।

लिग अन्तर्गत अब मात्र २ खेल बाँकी रहेका छन्। सोमबार दिल्ली र बैंगलोर तथा मंगलबार लिगको अन्तिम खेलमा हैदरावाद र मुम्बईले प्रतिस्पर्धा गर्नेछन्।

Share Now

Leave a comment.