Prakash Adhikari November 2, 2020

 

अबुधाबी(संयुक्त अरब इमिरेट्स), १७ कार्तिक । अंकतालिकामा पुछारमा रहदै प्ले अफ पुग्ने संभावनाशून्य भएको चेन्नाई सुपर किंग्सले आइतबार किंग्स् ११ पञ्जाबलाई ९ विकेटले पराजित गर्दै उसलाई पनि आईपीएल २०२० को दोस्रो चरणमा पुग्नबाट रोकेको छ ।

पहिलो चरणका समापनतिरका खेलमा लगातार तेश्रो जित दर्ता गर्दै चेन्नाईले पन्जाबको प्लेअफ पुग्ने सपना चकनाचुर पार्यो। यस अघि चेन्नाईले अघिल्लो २ खेलमा बैंगलोर र कोलकातालाई पराजित गरेको थियो।

Image

अबुधाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले दिएको १ सय ५४ रनको लक्ष्य चेन्नाईले मात्र १ विकेट गुमेर १८.५ ओभरमा पूरा गर्यो।

चेन्नाईको ब्याटिंगमा रुतुराज गायकवाडले सर्वाधिक ६२,फाफ डु प्लेसीले ४८,अम्बाती रायडुले अविजित २८ रन बनाएका थिए।

चेन्नाईलाई रोक्ने क्रममा पञ्जाबका क्रिस जोर्डन ले एक मात्र विकेट लिन सके । चेन्नाईका आँधीलाई रोक्न सकेनन् ।

पञ्जाब ब्याटिंग

Image

यस अघि टस हारेर ब्याटिंग गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो।

पञ्जाबको लागि दीपक हुडाले ६२, कप्तान केएल राहुलले २९, मायाँक अग्रवालले २६, मन्दिप सिंहले १४, क्रिस गेलले १२ रन बनाए। क्रिस जोर्डनले अविजित ४, निकोलस पुरन र जेम्स निशमले समान २ रन बनाए।

चेन्नाईको बलिंगमा लुंगी एनगीडीले सर्वाधिक ३ विकेट लिए भने शार्दुल ठाकुर, रभिन्द्र जडेजा , इमरान ताहिरले समान १ विकेट लिए।

Share Now

Leave a comment.