Prakash Adhikari November 19, 2020

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), ४ मंसिर (बीबीसी) । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै सङ्क्रमित र मृतक हुने देश संयुक्त राज्य अमेरिका भएको छ ।

संयुक्त राज्य अमेरिकामा फेरि एक पटक देशैभरि गम्भीर रूपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणको कारण हालसम्म २ लाख ५० हजार जनाभन्दा बढीको ज्यान गएको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ हालसम्म एक करोड १५ लाखभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।

कोरोनाभाइरसका कारण अमेरिकामा भएको मृत्यु र सङ्क्रमण विश्वका अन्य कुनै देशहरूमा भएको भन्दा बढी हो।

अहिले त्यहाँ पुन: एक पटक देशैभरि सङ्क्रमण बढ्दो छ र हरेक दिन दैनिक वृद्धमा नयाँ कीर्तिमान कायम भइरहेको छ।

विज्ञ बुझाइ

बुधवार बीबीसीसँग कुरा गर्दै देशका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले देश ‘एकदमै महत्त्वपूर्ण समयमा गलत दिशामा गइरहेको’ बताउनुभएको छ। किनकि जाडो बढ्दै गर्दा मानिसहरू घरभित्र बढी सीमित हुनेछन्।

गत वसन्त ऋतुमा अमेरिकामा कोरोनाभाइरसको केन्द्र रहेको न्यूयोर्क शहरले सङ्क्रमण बढ्ने अनुमानका साथ बिहीवारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिएको छ।

अधिकारीहरूका अनुसार भाइरस सङ्क्रमण दर जाँचको तीन प्रतिशतभन्दा बढी भएपछि अमेरिकाको सबैभन्दा ठूलो सार्वजनिक विद्यालय प्रणाली बन्द गर्ने निर्णय गरिएको हो।

कतिपय विद्यालयले बाहिरै पढाएका थिए
कतिपय विद्यालयले बाहिरै पढाएका थिए

यसले ३ लाख बालबालिकालाई असर पर्नेछ। त्यहाँ रेस्टुराँ र जिमखाना भने खुला रहेनछन्।

संवाददाताहरूले कक्षाकोठाहरूमा भएको सङ्क्रमण निकै कम देखिएकाले अहिलेको सङ्क्रमण वृद्धि विद्यालयका कारण चाहिँ नभएको बताएका छन्।

मृतक बढ्न सक्ने

बीबीसीसँगको कुराकानीमा फाउचीले नयाँ सङ्क्रमण बढेसँगै मृतकको सङ्ख्या थपिन सक्ने चेतावनी दिनुभएको।

उहाँले अहिले आफूहरू एकदमै गम्भीर स्थितिमा रहेको बताउनुभयो।

ब्रूक्लिन
उनले मानिसहरूलाई मास्क लगाउन र सामाजिक दूरी कायम राख्न पुनः आह्वान गरे।

खोप विकास नहुन्जेलसम्म यस्ता सुरक्षात्मक उपाय अपनाउन उनको आग्रह छ।

खोप विकासमा के भइरहेको ?

बुधवार फाइजर र बायोएनटेकले सार्वजनिक गरेको विवरण अनुसार उनीहरूले विकास गरेको खोपले ६५ वर्ष माथिका मानिसहरूमध्ये ९४ प्रतिशतलाई भाइरसबाट जोगाउने देखिएको छ।

गत साता फाइजर र बायोएनटेकले प्रारम्भिक विवरण दिँदै उनीहरूले विकास गरेको खोपले ९० प्रतिशत काम गर्ने र त्यसबाट कुनै स्वास्थ्य सुरक्षासम्बन्धी खतरा नहुने जनाएका थिए।

अमेरिकी कम्पनी मोडेर्नाले पनि उसले विकास गरेको खोपले ९५ प्रतिशत सुरक्षा दिने जनाएको थियो।

रुसमा विकास गरिएको अर्को एउटा खोपले पनि त्यस्तै सुरक्षा दिने दाबी गरिएको छ।

खोपको खर्च

यसैबीच विश्व स्वास्थ्य सङ्गठनले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका बीस प्रतिशत जनसङ्ख्यामा कोरोना भाइरसविरुद्ध खोप लगाउनका लागि २ अर्ब डलरभन्दा बढी खर्च लाग्ने बताएको छ।

क्षेत्रीय निकाय पान अमेरिकन हेल्थ अर्गनाइजेसनले भनेको छ( आगामी वर्षको अन्त्यसम्ममा उसले त्यस क्षेत्रमा कम्तिमा २ अर्ब डोज खोप उपलब्ध गराउने लक्ष्य राखेको छ।

यद्यपि उक्त संस्थाका एकजना प्रवक्ताले यो सबैका लागि पर्याप्त नहुने बताउनुभएको छ।

उसले खोप कार्यक्रममा सहयोगका लागि त्यस क्षेत्रका सरकारहरूसँग नजिकरहेर काम गरिरहेको जनाएको छ।

 

Share Now

Leave a comment.