
काठमाडौं, ३ मंसिर । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता थप एक वर्ष बढाइएको छ।
कोरोनाभाइरस संक्रमणको महामारीका कारण निर्धारित खेल तालिकाहरु अवरुद्ध भएका कारण सन् २०२२ सम्म रहेको नेपालको मान्यतालाई अरु एक वर्ष थपिएको हो।
बुधबार जारी नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा उद्घाटनका क्रममा अध्यक्ष चतुरबहादुर चन्दले सो कुरा बताउनुभएको हो।
अध्यक्ष चन्दका अनुसार अब नेपालको मान्यता सन् २०२३ को मार्चसम्म रहनेछ।
नेपालले सन् २०१८ मा जिम्बाब्बेमा भएको एक दिवसीय विश्वकप छनोटपछि नेपालले उक्त मान्यता पाएको थियो।
नेपालले पहिलो ओडीआई खेल नेदरल्याण्डसँग खेलेको थियो।
तर एकदिवसीय राष्ट्रको मान्यता पाएपछि बार्षिक क्यालेण्डर तय गरी खेल्नुपर्ने राष्ट्रिय तथा अन्तराृष्ट्रिय खेलहरु भने पहिले क्रिकेट संघभित्रको विवाद र गत चैत्रदेखि कोरोना भाइरसको विश्वब्यापी महामारी र त्यसलाई रोक्न नेपालमा लगाइएको खेलकूद प्रतियोगितामाथिको बन्देजले प्रभावित भएका छन् ।