Prakash Adhikari May 5, 2020

काठमाडौं, २३ बैशाख । नेपाल एसबीआई बैंकले कोरोना संक्रमण रोकथाम तथा उपचार कोष र कोरोना प्रभावितको लागि एक करोड सहयोग गरेको छ ।

बैंकले केन्द्रीय सरकार अन्तर्गत कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको लागी ५० लाख रुपैया सहयोग गरको छ ।

नेपाल एसबीआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरले सो सहयोग अन्तरगतको ५० लाख रुपैयाको चेक उद्योग वाण्ज्यि तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गर्नुभयो ।

यसका साथै नेपाल एसबीआई बैंकले सातै प्रदेश सरकारलाई रकम ५ । ५ लाख रुपैया को दरले ३५ लाख रुपैयाको चेक हस्तान्तरण गरिसकेको छ ।

नेपाल एसबीआई बैंकले बाँकीको १५ लाख रुपैया देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा कोरोना रोगको रोकथाम र उपचारमा खर्च गरिरहेको जनाएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत यो सहयोग उपलब्ध गराइएको जनाएको छ ।

Share Now

Leave a comment.