कोरोना भाइरसको दैनिक संक्रमण र मृत्युमा सोमबार भारत शीर्षमा ! पछि परे अमेरिका, ब्राजिल र मेक्सिको !!
काठमाडौं,२० साउन । छिमेकी मुलुक भारत कोरोना भाइरस संक्रमणबाट अधिक प्रभावित मुलुकको शिखरतिर चढन थालेको छ ।
सोमबार भारतमा ५० हजार ६ सय २९ जना संक्रमित देखिए भने ८ सय १० जनाले जीवन गुमाए। जबकि सोही दिन संयुक्त राज्य अमेरिकामा सोमबार ४८ हजार ६ सय २२ जनामा नयाँ संक्रमण देखिएको थियो भने कोरोना भाइरसको कारण जीवन गुमाउनेहरु ५ सय ६८ थिए।
यस्तै अत्यधिक प्रभावित मानिएको दक्षिण अमेरिकी मुलुक ब्राजिलमा सोमबार १७ हजार ९ सय ८८जनामा नयाँ संक्रमण देखिएको थियो भने ५ सय ७२ जनाले जीवन गुमाएका थिए ।त्यस्तै मेक्सिकोमा सोमबार २ सय ७४ जनाले कोरोनाको कारण जीवन गुमाए भने ४ हजार ८ सय ५३ जना यस घातक भाइरसको नयाँ संक्रमणमा परेका थिए ।
गत आइतबार कोरोना भाइरसको देैनिक संक्रमण घट्ना र मृत्युमा संयुक्त राज्य अमेरिका र ब्राजिललाई पछि पारेको थियो तर दैनिक मृत्युमा भने भारतभन्दा मेक्सिकोमा बढी देखिएको थियो ।
आइतबार मेक्सिकोमा ९ हजार ५ सय ५६ नयाँ संक्रमणका घट्ना पुष्टि भएका थिए भने कोरोना संक्रमणका कारण ७ सय ८४ जनाले जीवन गुमाएका थिए ।
भारतमा आइतबार कोरोना संक्रमणबाट ७ सय ५८ जनाले ज्यान गुमाएका थिए भने ५२ हजार ७ सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो।
ब्राजिलमा आइतबार ५ सय १४ जनाले जीवन गुमाए भने २४ हजार ८ सय १ जनामा यस घातक भाइरसको संक्रमण पुष्टि भयो ।
त्यस्तै आइतबार अमेरिकामा ४ सय ६७ जनाले ज्यान गुमाए भने ४९ हजार ३१ मा नयाँ संक्रमण देखियो ।
भारतमा विगत छ दिनदेखि प्रत्येक दिन ५०,००० भन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

भारतमा महाराष्ट्र राज्य सबैभन्दा नराम्ररी प्रभावित भएको छ । पन्ध्र दिनदेखि सङ्क्रमणको दर ह्वात्तै बढिरहेको तथ्याङ्कले देखाउँछ।
तर भारत सरकारले बिरामीहरू निको हुने दर अन्य देशको तुलनामा राम्रो भएको तर्क गरेको छ।
भारतमा गत शुक्रबार ५७ हजार ४ सय ८६ जना नयाँ संक्रमित थपिएका थिए । त्यो भारतमा अहिलेसम्मकै बढी हो ।
शनिबार ५४ हजार ८ सय ६५ जना संक्रमित फेला परेका थिए । बिहीबार ५४ हजार ७ सय ५० जना संक्रमित थपिएका थिए । बुधबार ५२ हजार २ सय ६३ जना संक्रमित भएका थिए ।
अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित १८ लाख ५५ हजार ३ सय ३१ जना पुगेका छन् ।
भारतमा हालसम्म कोरोना संक्रमणबाट जीवन गुमाउनेको संख्या ३८ हजार ९ सय ७१ पुगेको छ ।
भारतमा हाल ५ लाख ८५ हजार ९ सय २० जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि भएका १२ लाख ३० हजार ४ सय ४० जना उपचारपछि निको भएका छन् ।
भारतले मंगलबार बिहानसम्म २ करोड २ लाख २ हजार ८ सय ५८ जनाको कोरोना भाइरस संक्रमण परीक्षण गरिसकेको बताएको छ ।
भारतमा आरटीपीसीआर र एन्टिजन गरी दुई प्रकारको परीक्षण भइरहेको छ ।
उच्चपदस्थ व्यक्ति नै सङ्क्रमित
भारतमा उच्चपदस्थ व्यक्तिहरू पनि सङ्क्रमित भएका छन्।
आइतवार गृहमन्त्री अमित शाहले आफूलाई कोभिड-१९ भएको घोषणा गरेका थिए।
उत्तर प्रदेशमा एक मन्त्रीको मृत्यु भएको छ भने केही राज्यका राज्यपाल र नेताहरूमा सङ्क्रमण देखिएको छ।
भारतमा लकडाउन हटाइएपछि सङ्क्रमण दर बढेको छ।
#CoronaVirusUpdates: #COVID19 India Tracker
(As on 4 August, 2020, 08:00 AM)▶️ Confirmed cases: 1,855,745
▶️ Active cases: 586,298
▶️ Cured/Discharged/Migrated: 1,230,509
▶️ Deaths: 38,938#IndiaFightsCorona#StayHome #StaySafe @ICMRDELHIVia @MoHFW_INDIA pic.twitter.com/BKdzS6Fb6a
— #IndiaFightsCorona (@COVIDNewsByMIB) August 4, 2020
महाराष्ट्र, तामिलनाडु, आन्ध्र प्रदेश, कर्णाटक र दिल्ली सर्वाधिक प्रभावित भएका छन्।
नेपालसँग सीमा जोडिएका राज्यहरूमा पनि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ।
उत्तर प्रदेशमा सोमवार ४,४४१ जनामा सङ्क्रमण फेला पर्यो। त्यहाँ सङ्क्रमितको कुल सङ्ख्या ९७,००० नाघेको छ।
विश्वको अवस्था
विश्वमा हालसम्म कोरोना भाइरस संक्रमणका १ करोड ८४ लाख ४२ हजार ३ सय ८२ घट्ना पुष्टि भएका छन ती मध्ये ६ लाख ९७ हजार १ सय ७५ जनाको मृत्यु भएको छ भने १ करोड १६ लाख ७२ हजार ६ सय १५ जना उपचारपछि निको भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ६० लाख ७२ हजार ५ सय ९२ छ । यी मध्ये ६४ हजार ६ सय ७५ जना गम्भीर वा सिकिस्त अवस्थामा छन भने ६० लाख ७ हजार ९ सय १७ जनाको अवस्था सामान्य प्रकृतिको छ ।


















