Prakash Adhikari November 2, 2020

काठमाडौं, १७ कार्तिक । नेपालमा सोमबार अपरान्हसम्मको २४ घण्टामा २ हजार ९ सय ३३ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् भने यस घातक भाइरसको संक्रमणमा परेर २४ जनाले जीवन गुमाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार योसंगै मृत्यु हुनेको कूल सङ्ख्या ९ सय ८४ पुगेको बताइएको छ।

सो अवधिमा १३ हजार ४ सय ४६ पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्याङ्क छ। सङ्क्रमितमध्ये १ हजार १७६ जना महिला हुन्।

हालसम्म नेपालमा १ लाख ७६ हजार ५ सयमा सङ्क्रमण पुष्टि भएको छ भने १ लाख ३७ हजार ९ सय ९२ जना सङ्क्रमणमुक्त भएका छन्।

विगत २४ घण्टामा ३ हजार १ सय५० जना सङ्क्रमणमुक्त भएका छन्।

सोमवार सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ५ सय २४ छ।

Image
सोमवार थपिएको सङ्क्रमितमध्ये काठमाडौंका १ हजार ३ सय २९, भक्तपुरका १ सय८ र ललितपुरका १ सय ९३ गरी उपत्यकाका १ हजार ६ सय ३० जना छन्।

Image

प्रदेश अनुसार वागमती प्रदेशमा २ हजार ३ जना, प्रदेश नं १ मा ४ सय ४१ जना, लुम्बिनी प्रदेशमा २ सय ७९ जना, गण्डकी प्रदेशमा २ सय ५५ जना, प्रदेश नं २ मा १ सय ४ जना, सुदूरपश्चिम प्रदेशमा ५० र कर्णाली प्रदेशमा १३ जना सङ्क्रमित थपिएका छन्।

त्यस्तै चितवनमा १ सय ६८, कास्कीमा १ सय२७, रुपन्देहीमा १ सय ४६, सुनसरीमा ८५, दाङमा ६४ र झापामा ६० जना सङ्क्रमित थपिएका छन्।

सक्रिय सङ्क्रमितमध्ये कम्तीमा ४ सय २१ जनाको स्वास्थ्यस्थिति गम्भीर रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

वागमती प्रदेशमा १ सय ८० सहित नेपालभर ३ सय ४७ जना सघन उपचार कक्षमा र ७४ जना भेन्टिलेटरमा उपImageचाररत रहेका छन्।

भेन्टिलेटरमा वागमतीमा ४७ जना, प्रदेश नं १ मा १२ जना, गण्डकीमा ८, लुम्बिनीमा ६ र सुदूरपश्चिममा १ जना रहेका छन्।

 

Share Now

Leave a comment.