Prakash Adhikari November 8, 2020

 

काठमाडौं,२२ कात्तिक । नेपाल बार एशोसिएसनबाट न्याय परिषदमा प्रतिनिधित्व गर्ने एक सिटमा प्रधानमन्त्री के.पी. ओली विरोधी गुटका रामप्रसाद श्रेष्ठ सिफारिस हुनुभएको छ ।

परिषद्मा पठाउने प्रतिनिधिका सम्बन्धमा सत्तारुढ दलका गुटहरुबीच सहमति कायम नभएपछि चुनाव नै गर्नुपरेको थियो । शनिबार भएको चुनावमा बारको कार्य समितिले बहुमतको निर्णयका आधारमा रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो ।

नेपाल बार एशोसिएसनमा अध्यक्ष लगायत अधिक सीटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)समर्थक अधिवक्ताहरु विजयी हुनुभएको छ ।
न्याय परिषद् सदस्यमा कसलाई पठाउने भन्नेमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद उत्पन्न भएको थियो ।

प्रधानमन्त्री ओली समर्थित गुटले महेश नेपाललाई पठाउन चाहेको थियो भने नेपाल र प्रचण्डको समूहले श्रेष्ठलाई पठाउन चाहेको थियो ।
शनिबार भएको मतदानमा नेपाल र प्रचण्ड पक्षका आकांक्षी श्रेष्ठलाई बहुमत सदस्यले मत दिएपछि ओली पक्षका उम्मेदवार पराजित हुनुभएको हो । मतदानमा श्रेष्ठको पक्षमा १३ मत परेको थियो भने नेपालको पक्षमा १० मत ।

यसअघि परिषद सदस्य सिफारिस भएर पनि दुई महिनाभन्दा बढी काम गर्न नपाएको र वरिष्ठ पनि भएकाले सहानुभूतिपूर्वक श्रेष्ठलाई पठाउनुपर्ने धारणा प्रचण्ड र नेपाल पक्षका अधिवक्ताहरुको राख्नुभएको थियो ।

नेपाल वारमा परिषद् सदस्य सिफारीसमा भएको यो घट्नाले पनि सत्तारुढ नेकपामा प्रधानमन्त्री ओलीको अधिनायकवादी शासनशैलीलाई आफ्नै जनवर्गीय संगठनहरुले पनि नरुचाएको प्रष्ट हुँदै गएको छ ।

Share Now

Leave a comment.