Prakash Adhikari November 8, 2020

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका) । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनको जितसँगै उहाँले उपराष्ट्रपति पदको उम्मेदवार चयन गर्नुभएको कमला ह्यारिस उपराष्ट्रपति बन्नुभएको छ।

कमला ह्यारिश उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुनुहुन्छ।

भारतीय मूलकी आमा र जमैकन मूलका पिताबाट जन्मनुभएकी क्यालिफोर्नियाकी सांसद ह्यारिसले यो निर्वाचनको सुरुका दिनमा राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिनुभएको थियो।

राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उहाँको नाम चर्चामा रहिरह्यो।

क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसक्नुभएकी उहाँले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गरिरहनुभएको थियो।

PHOTO: Democratic vice presidential nominee Sen. Kamala Harris speaks at the site of their election rally, after the news media announced that former Vice President Joe Biden has won the presidential election, in Wilmington, Del., Nov. 7, 2020.
अमेरिकामा पहिलो पटक महिला उपराष्ट्रपति निर्वाचित हुनुभएकी कमला ह्यारिसको बहुजातीय पहिचानले गर्दा यो पटक केही अरू कुराहरू पनि पहिलो पटक नै भएको हुनेछ।

अमेरिकामा यस पहिले अन्य दुईजना महिलाहरू मात्र उप(राष्ट्रपतिका लागि उम्मेदवार बन्नुभएको थियो ।

सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो ।

हालसम्म अमेरिकामा अश्वेत महिलाले राष्ट्रपति उम्मेदवारको टिकट पाएका थिएनन्।

उम्मेदवार चयनको बखत राष्ट्रपतिका डेमोक्रयाट उम्मेदवार बाइडेनले ट्वीट गरेर कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न पाउदा आफूलाई गर्व लागेको ट्वीट गर्नुभएको थियो।
उहाँले कमलालाई बहादुर योद्धा र अमेरिकाकी सबैभन्दा उत्तम जनसेवकमध्ये एक भन्नुभएको थियो।

हाल राष्ट्रपति निर्वाचित डेमोक्रयाट उम्मेद्वार बाइडेनले कमलाले क्यालिफोर्नियाको महान्यायाधिवक्ता हुँदा आफ्नो दिवङ्गत छोरासँग कसरी काम गर्नुभएको थियो भनेर स्मरण पनि गर्नुभएको थियो, त्यतिबेला।

कमला हैरिस
कमलाको विगत ?
५५ वर्षीया कमला ह्यारिस डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिनुभएको थियो।

क्यालिफोर्नियाको ओक्लान्डमा जन्मनुभएकी कमलाको आमा भारतमा जन्मनुभएको थियो भने पिता जमैकामा।

उहाँले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गर्नुभएको थियो।

कमला आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउनुहुन्छ । उहाँ आफूलाई ूएक अमेरिकीू भन्दा गर्वलाग्ने बताउनुहुन्छ।

Share Now

Leave a comment.