Prakash Adhikari November 9, 2020

आबुधाबी(संयुक्त अरब इमिरेट्स), २४ कार्तिक । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स भारतको चर्चित टी २० क्रिकेट लिगको फाइनलमा पुगेको छ । यूएईमा भैरहेको १३ औं संस्करणको आईपीएल अन्तरगतको आइतबार सम्पन्न दोस्रो क्वालिफायर खेलमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै दिल्ली क्यापिटल्स इतिहासमै पहिलो पटक इण्डियन प्रिमियर लिगको फाइनल पुगेको हो।

पहिलो क्वालिफायरमा मुम्बईसंग पराजित भएको दिल्लीले दोश्रो क्वालिफायरमा हैदराबादलाई रोकेर पुनः मुम्बईसंग फाइनलको भिडन्त सुनिश्चित गरेको हो ।

आईपीएल २०२० को फाइनल खेल नोभेम्बर १० मंगलबार दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ ।

आइतबार राति शेख जायद स्टेडियम, अबुधाबीमा सम्पन्न खेलमा दिल्लीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले २० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १सय ७२ रन मात्र बनाउन सक्यो।

हैदरावादको लागि केन विलियमसनले ६७,अब्दुल समदले ३३, मनिष पाण्डेले २१, प्रियम गर्गले १७, जेसन होल्डर र राशिद खानले समान ११।११ रन बनाएका थिए। खेलमा कप्तान डेभिड वार्नर, सन्दीप शर्मा र सहबाज नदीमले समान २ । २ रन मात्र बनाएका थिए।

हैदराबादलाई रोक्ने क्रममा दिल्लीको बलिंगमा कागिसो रबाडाले सर्वाधिक ४ विकेट लिए भने मार्कस स्टोइनिसले ३ विकेट  । खेलमा अक्षर पटेल एक विकेट लिंदा एनरिक नोर्किया रभिचन्द्रन आश्विन र प्रभिन दुबे विकेटविहिन रहे।

दिल्लीको शानदार ब्याटिंग

यस अघि टस जितेर ब्याटिंग रोजेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो।

दिल्लीको लागि ओपनर शिखर धवनले ६ चौका र २ छक्काको मद्दतले सर्वाधिक ७८ रन बनाए । १३ औं आइपीएलमा धवनको यो चौथो अर्धशतक हो । उनले २  शतक समेत प्रहार गरेका थिए।

यस्तै दिल्लीका शिमरन हेटमायरले ४ चौका र १ छक्काको मद्दतले अविजित ४२ रन बनाए भने मार्कस स्टोइनिसले  २७ बलमा ५ चौका र १ छक्काको मद्दतले ३८ , र कप्तान श्रेयस ऐयरले २१ र ऋषभ पन्तले अविजित २ रन बनाएका थिए।

हैदरावादको बलिंगमा सन्दीप शर्मा  , जेसन होल्डर र राशिद खानले समान एक एक विकेट लिए भने थान्गरसु(टी) नटराजन शाहबाज नदीम विकेटविहिन रहे।

सन्दीपप्रति अन्याय

दिल्लीले लिग चरणका १४ खेलसहित पहिलो  र दोस्रो क्वालिफायरमा पनि नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेलाई मैदानमा उत्रने मौका दिएन ।

सन २०१८ मा तत्कालीन दिल्ली डियर डेभिल्ससंग बार्षिक २० लाख भारुमा ३ बर्षे करारमा अनुबन्ध भएका सन्दीपले यस अगाडिका दुवै संस्करणमा राम्रो प्रदर्शन गरेका थिए ।

त्यसयता उनले संसारका प्राय सबै चर्चित लिगमा मौका पाएका छन् र आफ्नो क्षमता प्रदर्शन पनि गरेका छन् ।

यो बर्ष संसारभर फैलिएको कोरोना महामारीको कारण क्रिकेट प्रतियोगिताहरु नै रोकिएर केही मात्रै सञ्चालन भएको बेलामा पनि उनले क्यारेबियन प्रिमियर लिगमा मौका पाएका थिए । त्यहाँ उत्कृष्ट प्रदर्शन गरेर सीधै आईपीएलका लागि दुबई पुगेका सन्दीपले १६ वटा खेलसम्म मैदानमा उत्रेर प्रतियोगिताको बल छुन पाएनन् ।

उनले दिक्दार हुँदै ट्वीटरमा लेखेका छन्  :

 

 

Share Now

Leave a comment.