
काठमाडौं, २३ कार्तिक । विगत २४ घण्टामा नेपालभरि २ हजार ८ सय १७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कूल संक्रमितहरुको संख्या २ लाखको निकट पुगेको छ ।
यो अवधिमा थप २१ जनाको मृत्यु कोरोना भाइरसको संक्रमण समेतको कारणबाट भएको पुष्टि भएकोछ। यो संगै कोरोना भाइरसको संक्रमणको समेत कारणले नेपालमा जीवन गुमाउनेहरुको संख्या १ हजार १ सय ८ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार अपराह्ण दिएको जानकारी अनुसार १२ हजार ३ सय ११ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।
अझै पनि काठमाडौं उपत्यकामा सर्वाधिक सङ्क्रमित फेला पर्ने क्रम जारी छ।
यो वृद्धिसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या १ लाख ९४ हजार ४ सय नाघेको छ। तीमध्ये ८१.१ प्रतिशत अर्थात् १ लाख ५७ हजार ९ सय २६ जना सङ्क्रमणमुक्त भएका छन्।
अहिलेसम्म नेपालमा १ हजार १ सय ८ जनाको कोरोना भाइरसको संमेत सङ्क्रमणका कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।
विगत २४ घण्टामा २ हजार ८ सय १२ जना निको भएको मन्त्रालयले जनाएको छ।
शनिवार २ हजार ७ सय ५३ जनामा सङ्क्रमण र जनाको मृत्यु भएको पुष्टि भएको थियो।
यसरी बढिरहेको कोरोनाभाइरस। नेपालमा कोभिड(१९ महामारी।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण। १०० वटा नमुना परीक्षण
काठमाडौं उपत्यकामा २४ घण्टाको अवधिमा १ हजार ५ सय ३३ सङ्क्रमित थपिएका हुन्।
अहिले देशभरि ३५ हजार ४ सय १९ सक्रिय सङ्क्रमित छन्।( बीबीसीबाट )