
पटना( बिहार), २ मंसिर । भारतको राजनीतिमा अधिक महत्व राख्ने बिहारकोम मुख्यमन्त्रीमा नितिशकुमारले सोमबार सातौं पटक मुख्यमन्त्रीको सपथ लिनुभएको छ ।
आफ्नो सपथ लगत्तै उहाँले आफ्नो मन्त्रिमण्डलका १४ जना सदस्यहरुलाई पनि सपथ ग्रहण गराउनुभएको छ । उहाँको मन्त्रिमण्डलमा बीजेपीका ७, जनता दल युनाइटेडको ५, विकासशिल इन्सान पार्टी(बीआईपी) र हमबाट एक एक जना मन्त्री रहेका छन
।
नितिश मन्त्रीमण्डलमा बीजेपीका ताराकिशोरप्रसाद वैश्य र रेणुदेवी उपमुख्यमन्त्रीमा चयन भएका छन भने मन्त्रीमा मंगल पाण्डे, डॉक्टर रामप्रीत पासवान
दलित नेता तथा हम पार्टीका प्रमुख जीतनराम मांझीका सुपुत्र संतोषकुमार सुमन अमरेंद्रप्रताप सिंह, विजय चौधरी, बिजेन्द्रप्रसाद यादव, मेवालाल चौधरी, शीला मण्डल, अशोक चौधरी, मुकेश सहनी, मंगल पाण्डे, अमरेन्द्र प्रताप सिंह, जीवेश मिश्रा र रामसुरत राय रहनुभएको छ ।
राजभवन स्थित राजेन्द्र मंडप में मुख्यमंत्री के रूप में शपथ ली। https://t.co/JLvn4J9Ndc pic.twitter.com/XFEvAaTVfp
— Nitish Kumar (@NitishKumar) November 16, 2020
नितिशकुमारको नयाँ मन्त्रीमण्डलमा ७ जना मन्त्री ग्राजुयट गरेका छन् भने ४ मन्त्री पिएचडीवाला रहेका छन् । त्यस्तै ३ मन्त्रीले १२ पास गरेका छन् । मुकेश सहनी सबैभन्दा कम पढेलेखेका मन्त्रीमा पनि पर्नुहुन्छ जसले जम्मा ८ कक्षा मात्र पास गर्नुभएको छ ।
नितिशसहित १५ मन्त्रीहरुमा सवर्ण समुदायका ५ जना रहेका छन् । पिछडा वर्गका ७ जना रहेका छन् भने दलित समुदायबाट ३ जनाले प्रतिनिधित्व गरेका छन् ।
१५ जनामध्ये ९ जना कुनै न कुनै आपराधिक घटनामा जोडिएका छन् ।
मन्त्रिमण्डलमा नेशनल डेमोक्रेटिक एलाइन्समा रहेको जनता दल युनाइटेड(जेडीयू)का एक महिला पाँच रहेका छन्् भने दुई उपमुख्यमन्त्री र पाँच जना मन्त्री बीजेपीका रहेका छन्।
सपथग्रहण समारोहमा बीजेपीका अध्यक्ष अमित शाह जेपी नड्डा र देवेंद्र फडणविस जस्ता मूर्धन्य नेताको उपस्थितिले बिहारमा जेडियूको हैन कि बीजेपीको सरकार बनेको छनक दिएको थियो ।