
क्यानबेरा(अष्ट्रेलिया), ४ मंसिर । आगामी डिसेम्बर १० बाट फेब्रुअरी ३ सम्म अस्ट्रेलियामा आयोजना हुने बिग ब्यास लिगको १० औं संस्करणमा नेपाली बलर सन्दीप लामिछाने होबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन् ।
होबर्ट हुरिकेन्सले आधिकारिक रुपमा सन्दीपलाई आबद्ध गरेको घोषणा गरेको हो।
LAMICHHANE COMPLETES THE SQUAD.🔥
The Nepalese leg-spinner will be making his debut in purple this summer.
SEE HERE: https://t.co/4QjCy1n1vA#TasmaniasTeam #BBL10 pic.twitter.com/mfEmURMrVy
— Hobart Hurricanes (@HurricanesBBL) November 18, 2020
“बिग ब्यास लिगको १० औं सिजन होबार्टको लागि खेल्न पाउदा मैले सम्मानित महसुस गरेको छु” होबर्ट हुरिकेन्ससंग आबद्ध भएपछि नेपाली क्रिकेट स्टार सन्दीपले भनेका छन्“मैले अस्ट्रेलियामा धेरै माया र समर्थन पाएको छु। उच्चस्तरीय बिग ब्यास लिग खेल्न उत्साहित छु। म ब्लन्डस्टोन एरिनामा खेल्न आतुर छु” ।
“I am humbled and honoured to join the Hobart Hurricanes family for BBL|10. I have always got a lot of love and support in Australia, and the premium quality of competition in Big Bash is exciting. I can’t wait to play at the Blundstone Arena!”-Sandeep Lamichhane
नेपाली क्रिकेट जगतका तारा सन्दीपले यस पहिले आठौं र नवौं संस्करणको बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेलेका थिए । उनले विगतका दुई सिजनमा २० खेलमा २६ विकेट लिएका थिए । उनले औसत ७.२७ रन प्रतिओभर रन खर्चेका थिए भने १६.३ को स्ट्राइक रेटमा विकेट लिएका थिए।
होबार्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्फिथले सन्दिप टिमको एक्स-फ्याकटरको रुपमा रहने बताउदै भनेका छन्,“हामीले देखेका छौँ कि सन्दिपले आफ्नो रहस्यमय स्पिन बलिंगले खेल परिवर्तन गर्न सक्छन्। उनि इनिंग्सको जुन सुकै समयमा पनि बलिंग गर्न सक्छन्। उनले आफुलाई विकेट लिन सक्ने बलरको रुपमा प्रमाणित गरेका छन् जसको आगमनले हाम्रो बलिग्न आक्रमण अझ बलियो बनेको छ।”
होबार्टले यो सिजन विदेशी खेलाडीको रुपमा सन्दिप बाहेक दवीड मलान, किमो पौललाई अनुबन्ध गरिसकेको छ। यस्तै विदेशी प्रतिस्थापन खेलाडीको रुपमा विल ज्याक्स र कोलिन इन्ग्राम रहेका छन्। जेम्स फल्कनर, पिटर ह्यान्ड्सकम्ब, बेन म्याकडरमोट, ड्यारसी सर्ट जस्ता अस्ट्रेलियन खेलाडीहरु टिममा रहेका छन्।
Hurricanes line-up for BBL|10 : Scott Boland, Tim David, Jake Doran, Nathan Ellis, James Faulkner, Peter Handscomb, Ben McDermott, Riley Meredith, David Moody, Mitchell Owen, Tim Paine, Will Parker, D’Arcy Short, Matthew Wade, Nick Winter, Mac Wright
लिगमा सहभागिता जनाउन सन्दी डिसेम्बर दोश्रो साता अस्ट्रेलिया प्रस्थान गर्ने तयारीमा छन् ।
होबर्ट हुरिकेन्सले डिसेम्बर १० मा लिगको उद्घाटनमा सिड्नी सिक्सर्ससंग खेल्नेछ जसपछि डिसेम्बर १३ र १५ मा एडिलेडसंग लगातार २ वटा खेल खेल्ने तालिका रहेको छ। सन्दी अस्ट्रेलिया पुगेपछि अनिवार्य १४ दिन क्वारेन्टाइन बसेपछि डिसेम्बर १९ मा मेलबर्न रेनेगेड्ससंगको खेल अथवा त्यसपछि डिसेम्बर २७ मा ब्रिसबेनसंग खेलमा सम्मिलित हुनेछन् ।
सन्दीप आबद्ध होबर्टले हालसम्म बिग ब्यासको उपाधि जित्न सकेको छैन। २०१३ र २०१७ गरि २ पटक मात्र यो टिम फाइनल भने पुगेको थियो। गत सिजन होबार्ट लिग अंकतालिकामा १४ खेलमा ६ जितपछि अंकतालिकामा चौथो स्थानमा रहँदै प्ले(अफ पुगेको थियो। इलिमिनेटरमा सिड्नीसंग ५७ रनले पराजित हुँदै यसले आफ्नो यात्रा टुंग्याएको थियो ।