Prakash Adhikari November 19, 2020

 

काठमाडौं, ४ मंसिर । नेपालको धितोपत्र बजारले नयाँ गति लिएको छ । बिहिबार दोस्रो बजारको कारोबारमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन ६ अर्ब बढीको कारोबार हुन गएको छ।

बिहीबार नेप्सेमा बुधबारको तुलनामा ३६.३२ अकंको सुधार आई नेप्से परिसूचकले १७७८.१२ बिन्दु कायम गर्यो ।

यस दिन कूल १ सय ९८ कम्पनीको १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता शेयरको खरिदबिक्रीमा ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको कारोबार भएको थियो ।

बिहिबार नेप्सेका १२ उपसमूह नै उकालो लागेका छन्।

Sub-Indices Current Points Change %Change
Banking 1,322.48 2.71 0.21
Trading 2,193.94 198.4 9.94
Hotels 2,118.59 181.63 9.38
Development Bank 2,098.92 28.99 1.4
HydroPower 1,448.07 21.63 1.52
Finance 889.22 13.76 1.57
Non Life Insurance 9,610.63 399.16 4.33
Manu.& Pro. 3,833.87 204.73 5.64
Others 1,370.69 58.15 4.43
Microfinance 2,769.18 46.38 1.7
Life Insurance 11,126.86 376.15 3.5
Mutual Fund 11.78 0.07 0.63

यस दिन बैंकिङ २.७१, व्यापार १९८.४, होटल १८१.६३, विकास बैंक २८.९९, जलविद्युत् २१.६३, वित्त १३.७६, निर्जीवन बीमा ३९९.१६, उत्पादन २०४.७३, अन्य ५८.१५, लघुवित्त ४६.३८, जीवन बीमा ३७६.१५ र सामूहिक लगानी कोष ०.०७ अङ्कले उचालिएका थिए।

बिहिबार कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्षस्थानमा छ।

सो कम्पनीको ४१ करोड ८ लाख ४५ हजार ३१० रुयैयाँ बराबरको कारोबार भयो। हिमालयन डिस्टिलरी २७ करोड सात लाख ५३ हजार ५३९, नेपाल लाइफ इन्स्योरेन्स २६ करोड १२ लाख ९९ हजार ६५१, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी १८ करोड ४३ लाख १७ हजार ४०९, नेपाल दूरसञ्चार कम्पनी १७ करोड ३१ लाख ५६ हजार १५२, नेको इन्स्योरेन्स १६ करोड ७७ लाख ९५ हजार ५३७, शिवम् सिमेन्ट १६ करोड १८ लाख ६२ हजार ७६७ र एनआइसी एशिया बैंक १५ करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2020-11-19 15:00:00
NRIC 410,845,310.00 1,110.00
HDL 270,753,539.00 2,928.00
NLIC 261,299,651.00 1,672.00
NLICL 184,317,409.00 907.00
NTC 173,156,152.00 965.00
NIL 167,795,537.00 973.00
SHIVM 161,862,767.00 925.00
NICA 156,080,501.00 670.00
CIT 137,703,939.00 4,955.00
PRVU 127,383,466.00 298.00

यस दिन अघिल्लो दिनको मूल्यको तुलनामा युनिलिभर नेपाल १०, तारगाँउ रिजेन्सी होटल १०, हिमालयन डिस्टलरी ९.९९, बोलर्स नेपाल तराई ९.९९, विशाल बजार कम्पनी ९.९८, साल्ट ट्रेडिङ कर्पोरेशन ९.९४, नेको इन्स्योरेन्स ९.९४, नेशनल लाइफ इन्स्योरेन्सको ९.९४ प्रतिशतले बढेको थियो ।

Top Gainers

Symbol LTP % Change
As of 2020-11-19 15:00:00
TRH 308.00 10.00
UNL 20,344.00 10.00
BNT 9,290.00 9.99
HDL 2,928.00 9.99
BBC 3,329.00 9.98
STC 7,242.00 9.94
NIL 973.00 9.94
NLICL 907.00 9.94
SHL 222.00 9.90
NRN 400.00 9.89

बिहिबार कारोबार भएका कम्पनीहरुमध्ये थोरै कम्पनीको मूल्य मात्र अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिन अघिल्लो दिनको मूल्यको तुलनामा मेगा बैंकको संस्थापक शेयर ३.१७,प्रभु बैंकको ऋणपत्र २.२९, सनराइज म्युचअल फण्ड २.१८, एसबीएल ऋणपत्र १.९८, रैराङ हाइड्रोपावर १.९२, ग्लोबल आइएमई ऋणपत्रको १.९२ प्रतिशतले घटेको थियो ।

Top Losers

Symbol LTP % Change
As of 2020-11-19 15:00:00
MEGAPO 122.00 -3.17
PBLD84 1,026.00 -2.29
SFMF 10.76 -2.18
SBLD2082 1,098.00 -1.96
GBD80/81 1,020.00 -1.92
RRHP 255.00 -1.92
NADEP 809.00 -1.70
RHPC 177.00 -1.67
SICL 1,582.00 -1.31
SAPDBL 162.00 -1.22

 

Share Now

Leave a comment.