Prakash Adhikari November 20, 2020

एटलाण्टा(जर्जिया, संयुक्त राज्य अमेरिका), ५ मंसिर (सीएनएन) । झिनो मतान्तर रहेकोले हातैले पुन मतगणना गरिएको अमेरिकाको जर्जिया राज्यमा डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार(हाल राष्ट्रपति निर्वाचित) जो बाइडनले रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेद्वार(बहालवाला राष्ट्रपति) डोनाल्ड ट्रम्पलाई पराजित गर्नुभएको छ ।

राज्यका सेक्रेटरी ब्राड राफेनस्पेन्जरले  आज एक प्रेस विज्ञप्ति जारी गर्दै बाइडनले १२ हजार २ सय ८४ मतले ट्रम्पलाई पराजित गर्नुभएको उल्लेख गर्नुभएको छ ।

एक हप्ता लामो पुनः मतगणनामा ४ काउण्टीहरुका ५ हजार ८ सय गणना नभएका नयाँ मतपत्रहरु भेटिएका थिए । ती मतपत्रहरु निर्वाचनको दिन गणना भएका थिएनन् किनकी पहिलेको मतगणनाको समयमा राज्यका मतगणना केन्द्रमा भिडाउनको लागि सही ढंगले ओसारिएका थिएनन । तिनको गणनामा ट्रम्पलाई १ हजार ४ सय मतको लाभ भएको थियो ।

https://twitter.com/CuomoPrimeTime/status/1329610764848652291

पुन मतगणनापछि राज्यका सेक्रेटरी ब्राड राफेनस्पेन्जर,जो रिपब्लिकन पार्टीका हुनुहुन्छ, ले भन्नुभएको छ, ‘म के सुनिश्चित गर्न चाहन्छु भने हामीले हरेक वैधानिक र कानूनी मतपत्रहरु गणना गर्यौ र बैधानिकहरु गरेनौ । हाम्रो अभिलेख स्वयं बोल्छन हामीले महान कार्य गरेका छौ ।’

उहाँले भन्नुभएको छ, ‘जर्जियाको ऐतिहासिक राज्यब्यापी मत परीक्षण(पुनगणना)ले राज्यको सुरक्षित कागजी मतदान पद्धति सही ढंगले गणना गरेर परिणाम घोषित गरिएको छ ।’

जर्जियाले राज्यको कानून मुताविक शुक्रबारसम्म निर्वाचनको नतिजा प्रमाणित गर्नुपर्ने छ ।

राज्यका झण्डै ५० लाख मतमध्ये पहिलो गणनामा जो बाइडन जम्मा १४ हजार १ सय १ मतले बिजयी बन्नुभएको थियो ।

अमेरिकामा प्रतिस्पर्धी दुईबीचको मतान्तर आधाप्रतिशतभन्दा कम भएमा मत कम आउने उम्मेद्बारले कुनै खर्च नगरी पुनः मतगणनाको माग गर्न पाउने व्यवस्था छ । अघिल्लो चुनावमा आफूले निर्धक्क जितेको राज्य झिनो मतले पराजित भएकोमा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेद्वार वर्तमान राष्ट्रपतिकै अगुवाईमा चुनावमा धाँधली भएको आरोपसहित उहाँका चुनावी अभियानकर्मीहरुले पुनःमतगणनाको माग गरेका थिए ।

 

Share Now

Leave a comment.