Prakash Adhikari November 20, 2020

 

काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले अति श्रद्धाकासाथ मनाइने छठ पर्वका अवसरमा समस्त तराईबासीमा सुख, शान्ति, समृद्धि र सफलताका लागि हार्दिक शुभकामना दिनुभएको छ।

उहाँले छठ पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना पनि गर्नुभएको छ ।

कांग्रेस सभापति देउवाले आफ्नो शुभकामना सन्देशमा नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक भएको र तिनले सबैमा आदर र सम्मान सदभावयुक्त परम्परा कायम राख्दै आएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, हाम्रा यी सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहरहरु हुन् । यी चाड–पर्वहरुले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएका छन् ।

कांग्रेस सभापति देउवाले मुलुक अहिले कोभिड—१९ को महामारीबाट आक्रान्त रहेको उल्लेख गर्दै यसको रोकथाम र नियन्त्रणमा सरकारको उदासिनताका कारण बढ्दो संक्रमणलाई कम गर्न नागरिक आफै पनि सचेत र सजग हुन जरुरी देखिएको प्रसंग उल्लेख गर्नुभएको छ ।

उहाँले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपले पालना गर्दै भौतिक दूरी कायम गरेर पर्व मनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

Share Now

Leave a comment.