पोखरा(कास्की), ८ मंसिर । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
सराङकोटबाट दिउँसो उडान भरेको फिस्टेल प्याराग्लाइडिङको प्यारासुट दुर्घटना हुँदा ३८ वर्षीय प्यारा पाइलट राजु नेपालीको मृत्यु भएको हो।
दुर्घटनामा काठमाडौकी शिला श्रेष्ठ गम्भीर घाइते भएको कास्की प्रहरीले जनाएको छ। घाइते श्रेष्ठलाई उपचारका लागि कास्कीकै मेट्रोसिटी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए।


















