
वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), ९ मंसिर(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले राष्ट्रपति निर्वाचित जो बाइडनर्ला कार्यभार सम्हाल्नका निम्ति सहयोग गर्ने छाँटकाँट देखाएको छ ।
औपचारिक रुपमा सत्ता हस्तान्तरण सुरु गर्नका लागि राष्ट्रपति ट्रम्पले जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जिएसए)लाई ‘गर्नुपर्ने आवश्यक काम गर्न’ सिफारिस गर्नुभएको बताइएको छ ।
तर चुनावको परिणामविरुद्ध आफ्नो कानुनी लडाइँ जारी रहने राष्ट्रपति ट्रम्पको भनाइ छ।
जिएसएले पनि बाइडनलाई ‘स्पष्ट विजेता’को रूपमा आफूले स्वीकार गरेको जनाएको छ।
US President Donald Trump accepts that the formal transition to Joe Biden's White House can finally begin https://t.co/Pz4p4uLx3n
— BBC Breaking News (@BBCBreaking) November 24, 2020
अमेरिकी राज्य मिशिगनमा राष्ट्रपति निर्वाचित जो बाइडनको जित औपचारिक रूपमा प्रमाणित भएसँगै मत परिणामलाई चुनौती दिने डोनल्ड ट्रम्पको प्रयासमा गम्भीर धक्का लागेको छ।
जिएसएले बाइडन समूहलाई प्रक्रिया सुरु गर्ने भनी जानकारी दिएपछि राष्ट्रपटि ट्रम्पले ट्वीट गर्नुभएको छ।
ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले राष्ट्रपति निर्वाचित बाइडनका निम्ति ६३ लाख डलरको कोष उपलब्ध गराउने बताउनुभएको छ।
मर्फीले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाव नआएको जनाउनुभएको छ।
मिशिगनमा धक्का
बाइडनको समूहले पनि महामारी र राष्ट्रिय सुरक्षाका मुद्दामा सरकारी अधिकारीहरू सँगको बैठकहरूपछि सत्ता हस्तान्तरण सुरु हुने कुरा वक्तव्यमार्फत् जनाएको छ। उसले मर्फीको पत्रको स्वागत गरेको छ।
ट्रम्पलाई धक्का लागेको मिशिगन राज्यको मत परिणाम घोषणालाई अन्तिम रूप दिन त्यहाँको दुईमध्ये एक रिपब्लिकनले दुईजना डेमोक्र्याटलाई साथ दिएका थिए।
अर्का रिपब्लिकन भने त्यसबाट अलग्गिएका थिए। ट्रम्पको कानुनी समूहले अझै पनि मिशिगनको परिणामलाई चुनौती दिने बताएका छन्।
ट्रम्पकी कानुनी सल्लाहकार जेना एल्लिसले प्रमाणीकरणलाई समान्य प्रक्रियागत कदम भन्नुभएको छ।
एल्लिसले भन्नुभयो, ‘अन्तिम परिणाम वैध र स्वच्छ भएको कुरामा अमेरिकीहरू सुनिश्चित हुनुपर्छ।’
तर समय घर्किँदै गइरहेको छ। डिसेम्बर १४ मा बाइडनको जित अमेरिकी इलेक्टरल कलेजबाट प्रमाणित हुँदैछ।
बाइडनका भावी सहकर्मीको अनुहार
बाइडनले ज्यानुअरी २० मा शपथ लिएपछि आफूले सरकारमा प्रमुख भूमिका दिने चाहेका व्यक्तिहरूको नाम चयन गर्न सुरु गर्नुभएको छ।
पूर्वविदेश मन्त्री जोन केरीले जलवायुसम्बन्धी विशेष दूतको भूमिका निर्वाह गर्नुहुनेछ।
चार वर्षअघि अमेरिकाको तर्फबाट उहाँले प्यारिस सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। तर ट्रम्प उक्त सम्झौताबाट पछि हट्नुभयो।
यसअघि सशक्त रूपमा अन्तर्राष्ट्रियवादमा विश्वास गर्ने एन्टोनी ब्लिङ्केनको नाम विदेशमन्त्रीको रूपमा प्रस्तुत गरिसकिएको छ।