भिजूअल तथा डेटा जर्नलिज्म टिम बीबीसी न्यूज
नयाँदिल्ली (भारत), १५ बैशाख ।भारतमा कोरोनाभाइरस महामारीको घातक दोस्रो लहरका कारण अस्पताल र मसानघाटहरूले चाप थेग्न सकेका छैनन् भने अक्सिजन तथा औषधिको व्यापक अभाव भइरहेको छ।
त्यहाँ के भइरहेको छ र त्यसबारे अधिकारीहरूले के गरिरहेका छन् भन्ने विषयामा यहाँ सचित्र विवरण प्रस्तुत गरिएको छ।
अभूतपूर्व सङ्ख्यामा सङ्क्रमण र मृत्यु
भारतमा नयाँ भेरिअन्टको पनि असरले गर्दा सङ्क्रमण तथा बिरामीको मृत्यु हुने सङ्ख्या तीव्र गतिमा बढिहरेको छ।
सोमवार लगातार पाँचौँ दिन त्यहाँ रेकर्ड सङ्ख्यामा नयाँ सङ्क्रमितहरू फेला परे। सर्वाधिक सङ्ख्यामा दैनिक मृत्यु पनि भयो।

बढ्दो सङ्क्रमण तथा मृत्यु दर्शाउने चार्ट
तर सङ्क्रमणका मामिलाको अनि मृत्युको वास्तविक सङ्ख्या अधिकारीहरूले दिएकोभन्दा निकै धेरै हुनसक्छ। कैयौँ मानिसहरूले परीक्षण गराएका छैनन् वा गराउन सङ्घर्षरत छन्। ग्रामीण भेगमा भएका कैयौँ मृत्युको दर्ता पनि गरिँदैन।
राजधानी दिल्लीमा चिकित्सकहरूले मानिसहरू अस्पतालबाहिर मरिरहेको विवरण दिएका छन्।
भारतले हालसम्म कुल एक करोड ७३ लाख जनामा कोभिड भएको र दुई लाख जनाको भएको पुष्टि गरेको छ। भाइरोलजिस्टहरू त्यहाँ अझै दुईदेखि तीन सातासम्म सङ्क्रमण दर बढिरहने ठान्छन्।
सघन उपचार शय्या एकदमै थोरै बाँकी

देशमा सघन उपचारका वार्डहरूको सधैँ अभाव हुने गरेको छ। बिरामीका आफन्तहरूले आफ्ना मान्छेका निम्ति शय्या खोज्न धेरै टाढासम्म पुग्ने गर्छन्।
करिब दुई करोड मानिसको बसोबास रहेको दिल्लीमा अस्पतालहरू भरिएका छन् र नयाँ बिरामी फर्काइएका छन्।
अस्पताल बाहिरका कैयौँ गल्लीहरूमा गम्भीर बिरामीहरूको भिड लागेको छ। तिनका आफन्त स्ट्रेचर तथा अक्सिजन जुटाउन लागिपरेका छन् अनि अस्पतालका अधिकारीहरूसँग भित्र बस्न ठाउँको निम्ति याचना गरिरहेका छन्।
“हामीले तीन दिनदेखि शय्या खोजिरहेका छौँ “, आफ्नी पत्नीलाई सडकमै बसाएका एक पुरुषले रोएटर्स समाचारसंस्थालाई भने।
सोमवार सरकारले सैन्य मेडिकल पूर्वाधारहरू पनि गैरसैनिकका निम्ति उपलब्ध गरायो। साथै सेनाबाट अवकाश पाइसकेका औषधोपचारमा प्रशिक्षित जनशक्तिलाई कोभिड अस्पतालमा मद्दत गर्न पठाइने बतायो।
अक्सिजनको अभाव
भारतभरि अस्पतालहरूले अक्सिजनको अभाव झेलेका छन्। कैयौँ अस्पतालहरूले आपूर्ति सङ्कटबारे सावधान गराउने सूचना टाँसेका छन्।
पीएटीएच अक्सिजन नीड्स ट्र्याकरका अनुसार सबै निम्न, निम्नमध्यम तथा उच्चमध्यम आय भएका देशहरूको तुलनामा अहिले भारतमा सबभन्दा धेरै अक्सिजन माग बढेको छ।

निम्न, निम्नमध्यम तथा उच्चमध्यम आय भएका देशहरूमा अक्सिजन माग। भारतमा सबभन्दा उच्च माग देखिन्छ
हरेक दिन माग ६(८५ बढिरहेको सो संस्थाले जनाएको छ। सो संस्था स्वास्थ्य समस्यासँग जुझ्न विश्वव्यापी संस्था एवं निकायहरूसँग मिलेर काम गर्ने गर्छ।

भारतमा बढ्दो अक्सिजन माग देखाउने चार्ट
दिल्लीको मणिपाल अस्पतालको कोभिड वार्डमा कार्यरत डा. हरजितसिंह भट्टीले अस्पतालबाहिर अक्सिजन नपाएर छटपटाइरहेका बिरामीहरूलाई ुपानीबाहिर माछाु तड्पिएको दृश्यसँग तुलना गर्नुभयो।
“उनीहरूले अक्सिजन पाएका छैनन् र सडकमै ज्यान गुमाइरहेका छन्”, उनले भने।
सामान्यतया भारतमा कुल अक्सिजन आपूर्तिको १५५ मात्र स्वास्थ्य उपचार संस्थाहरूले प्रयोग गर्छन्। बाँकी औद्योगिक प्रयोगमा आउँछ।
कोरोनाभाइरस विश्वव्यापी महामारीः कहाँ कति सङ्क्रमण, कति मृत्यु ? अन्तर्क्रियात्मक नक्सो
तर यो दोस्रो लहरको बेला झन्डै ९०५ अक्सिजन आपूर्ति ( प्रतिदिन ७५०० मेट्रिक टन ( मेडिकल प्रयोगमा खर्च भइरहेको एक वरिष्ठ स्वास्थ्य अधिकृत राजेश भूषणले बताए।
आवश्यक ठाउँमा अक्सिजन आपूर्ति गर्न सरकारले ूअक्सिजन एक्सप्रेसू सुरु गरेको छ, जसमा अक्सिजन ट्याङ्करहरूलाई रेलले ओसारिरहेका छन्। भारतीय वायुसेनाले पनि सैन्य शिविरहरूबाट अक्सिजन हवाई मार्गमार्फत् ओसारिरहेको छ।

अक्सिजन एक्सप्रेस मार्ग नक्सामा
सरकारले सैन्य बलसँग भएको स्टक अक्सिजन पनि प्रयोग गर्ने भनेको छ।
अनि ५०० भन्दा धेरै अक्सिजन उत्पादन गर्ने कारखाना देशभरि खोल्न अनुमति पनि दिएको छ।
रेलका डिब्बा मेडिकल वार्डमा परिणत

रेलका डिब्बालाई वार्डमा परिणत गरिएको
शय्या अभावसँग जुझ्न भारतीय अधिकारीहरूले रेलका डिब्बाहरूलाई आइसोलेशन वार्डमा परिणत गरेका छन्।
मार्च २०२० मा स्वरूप बदलिएका करिब ४,००० भारतीय रेलका डिब्बाहरूलाई थोरै वा मध्यमस्तरका लक्षण देखिएका कोभिड बिरामी राख्न प्रयोगमा ल्याइएका छन्।
गत वर्ष ती सुविधा प्रयोग गर्नुपरेको थिएन। कडा लकडाउनले गर्दा सङ्क्रमणका मामिला बढ्न पाएका थिएनन्।
तिनले ६४,००० अस्थायी शय्या उपलब्ध गराउने सत्ताधारी भारतीय जनता पार्टीका एक प्रवक्ता गोपाल अग्रवालले बीबीसीलाई बताउनुभयो।
आवश्यकताअनुरूप जुनसुकै सहरमा पठाउन सकिने ती रेलमा बिरामी राख्ने शय्या, बाथरुम, मेडिकल उपकरणका निम्ति आवश्यक बिजुलीका सुविधा अनि अक्सिजनको व्यवस्था गरिएको छ।
Under the guidance of PM @NarendraModi ji, Railways is fully prepared to provide COVID Care Coaches to States on demand.
Nearly 64,000 beds in 4,000 coaches at various Railway Stations across the country, can be made available for quick deployment. pic.twitter.com/lliUZjeHWG
— Piyush Goyal (@PiyushGoyal) April 26, 2021
भारतीय रेल्वेसँग रेलमा अस्पताल सञ्चालन गरेको पुरानो अनुभव पनि छ।
सन् १९९१ मा उसले सञ्चालन गरेको लाइफलाइन एक्सप्रेस देशभरि मेडिकल तथा सर्जिकल उपचार सेवा प्रदान गर्न प्रयोग गरिन्छ।
खेलका हल एवं रङ्गशाला अस्पतालका रूपमा
खेलका हलहरू, रङ्गशालाहरू तथा आश्रमहरू अस्थायी अस्पतालमा परिणत भएका छन्।
बङ्गलुरुको कोरामङ्गला इन्डोर रङ्गशाला, गुवाहाटीको इन्दिरा गान्धी एथलेटिक रङ्गशाला अनि दिल्लीको राधास्वामी सत्सङ्ग व्यास क्याम्पसलाई क्वारेन्टाइन केन्द्रमा परिणत गरिएको छ।
त्यहाँ कार्डबोर्डबाट बिरामी राख्ने शय्या बनाइएको छ।

सामान राख्ने बाकसका खोल कार्डबोर्डबाट निर्मित् शैय्या
गत वर्ष कोभिडका बिरामी बढेको बेला दिल्लीस्थित राधास्वामी सत्सङ्ग व्यास सङ्गठनको क्याम्पसलाई १० हजार शय्याको सरदार पटेल कोभिड उपचार केन्द्रमा परिणत गरिएको थियो।
त्यसमा १ हजार अक्सिजनसहितको शय्या थियो। फेब्रुअरीमा बन्द गरिनुअघि त्यसले ११ हजार मानिसलाई उपचार सेवा दिएको थियो।
करिब २० वटा फुटबल मैदानजति फराकिलो उक्त केन्द्रमा यसपटक २ हजार ५ सय शय्याबाट सुरु गरेर ५ हजार पुर्याउने बताइएको छ।
कार्डबोर्डका शय्या निर्माण गर्ने आर्यन पेपरका अनुसार बलिया बोर्डहरूको प्रयोग गरेर आपत्कालीन शय्या बनाइन्छ।
सस्तो, फेरि प्रयोग गर्न मिल्ने अनि सजिलै पट्याएर जतासुकै लैजान सकिने र पाँच मिनेटमै फेरि तयार गर्न सकिने भएकाले त्यस्ता शय्या निकै उपयोगी हुन्छन्।
मसानघाटमा धेरै चिता
धेरै शवलाई एकैपटक जलाउन परेका कारण मसानघाट तथा अन्तिम संस्कार गरिने स्थलहरूले पनि चिताका अस्थायी संरचना बनाएका छन्।
दिल्लीमा कम्तीमा एउटा स्थलमा धेरै शव धान्नका निम्ति पार्किङ गर्ने गरिएको क्षेत्रमा चिता बनाइएका छन्।


दिल्लीमा एकै ठाउँमा धेरै चिता
अन्य स्थलहरूमा पनि धेरै शवहरू जलाइएका विवरण आएका छन्। मसानघाटका कर्मचारी रातदिन खटिएका छन्।
उत्तरपूर्वी दिल्लीमा मसानघाट सञ्चालन गर्दै आएको गैरनाफामूलक मेडिकल सेवा प्रदायक संस्थाका प्रमुख जितेन्दरसिंह शन्टीले अभूतपूर्व सङ्ख्यामा शवहरू जलाउन परेकाले कार पार्क प्रयोगमा ल्याएको बताउनुभयो।
“यो हेर्न पनि एकदम गाह्रो छ”, उहाँले बताउनुभयो ।
कतिपय ठाउँमा शव जलाउन दाउराको अभाव भएका विवरण आएका छन्।

दिल्लीको मसानघाटका एक कामदार
दिल्लीस्थित मसानघाटमा सहयोग पुर्याउँदै आएका जयन्त मल्होत्राले आफूले यस्तो पीडादायी अवस्था कहिले नदेखेको बीबीसीलाई बताउनुभयो।
“हामी भारतको राजधानी दिल्लीमा छौँ भन्ने विश्वास लाग्दैन। मानिसहरूले अक्सिजन पाएका छैनन् र पशुसरह मरिरहेका छन्।”


















