Prakash Adhikari October 4, 2021

कीर्तिपुर(काठमाडौं), १८ असोज । एभरेष्ट प्रिमियर लिग टी २० आज भएको खेलमा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई पराजित गरेको छ।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न खेलमा चितवनले दिएको १ सय ६५ रनको लक्ष्य भैरहवाले ४ विकेट क्षतिमा १७.५ ओभरमै हासिल गरेको थियो।

भैरहवाको ब्याटिंगमा प्लेयर अफ द म्याच समेत चुनिएका ओपनर प्रदिप ऐरीले सर्वाधिक ७२ रन बनाए ।उनले ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर तामिम इक्बालले ५ चौका र १ छक्का मद्दतले ४० तथा उपुल थारांगाले ३ चौका र ३ छक्का मद्दतले अविजित ३९ रन बनाए।

भैरहवालाई रोक्न काठमाडौँको बलिंगमा करिम जनतले २ विकेट तथा सागर ढकाल र भिम शार्कीले समान १ ।१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको चितवन टाइगर्सले २० ओभरमा ८ विकेट क्षतिमा १ सय ६४ रन बनाएको थियो। काठमाडौँको लागि करिम जनतले सर्वाधिक ३५, मोहम्मद शहजादले ३२, सेक्कुगे प्रशन्नाले २४, राजेश पुलामीले १४ तथा दीलिप नाथले १३ रन बनाए।

भैरहवाका बलर अविनाश बोहराले सर्वाधिक ३ विकेटलिए भने कुशल मल्लले २ तथा धम्मिका प्रशाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले समान १ । १ विकेट लिए।

जितपछि भैरहवा ४ खेल खेल्दा २ जित, १ टाई र १ नतिजाविहिन अंक हात परेको छ। हार पछि पनि चितवन ५ खेलमा ४ जित पछि ८ अंक सहित शीर्ष स्थानमा यथावत छ।

चितवन शीर्ष २ स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का भैसकेको छ।

 

 

Share Now

Leave a comment.