काठमाडौं, २७ फागुन । स्नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारको दिनगन्ती कांग्रेसले शुरु गरेको बताएका छन् ।
प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमा प्रतिनिधिसभामा बोल्दै नेता थापाले निर्वाचन अघि संविधान संशोधनको ‘स’ उच्चारण गर्दा पनि राष्ट्रघाती भन्नेले आज बहुमतका लागि संशोधन गर्न अग्रसर भएको आरोप समेत लगाए।
उनले संविधानका विषयमा कांग्रेस सचेत रहेको बताउदै चुनावको पूर्वसन्ध्यामा संशोधनका लागि भएको प्रयासलाई विफल पार्दा फाटेका मन अहिले मत हाल्दैमा नटालिने बताए।
नेता थापाले अहिले जनताले परिणाम हेर्न चाहेको बताउदै अब माग्ने पालो भएको जिकीर गरे । उनले राम्रो काम गरेको खण्डमा जिम्मेवार प्रतिपक्षको हिसावले सहयोग नत्र खवरदारी गर्ने बताउदै भने,यो सरकारको आजैबाट दिन गन्ति सुरु भएको छ। दिन कांग्रेसले गन्छ। कांग्रेस यस्तै प्रतिपक्षको बेञ्चमा बस्न चाहन्छ।’ े
उनले देशको प्रधानमन्त्री पदमा आसिन भैसकेको हुनाले जिम्मेवार ढंगले बोल्न पनि प्रधानमन्त्रीलाई सुझाव दिए ।


















