लण्डन(संयुक्त अधिराज्य) । मनकामना महिला समूह वेस्ट बर्मिड.घमले १०८औं नारी दिवसको अवसरमा एक भब्य कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थाकी अध्यक्ष श्रीमती राधा खरेलले महिलाहरुको आर्थिक, सामाजिक र शैक्षिक स्तर बढाउने कार्यक्रम सञ्चालन गरी उनीहरुको ज्ञान,सीप अभिबृद्धि गरी आयआर्जनमा लगाएर महिलालाई आत्मनिर्भर र शसक्त बनाउन सकिने विचार व्यक्त गर्नुभएको थियो ।
उहाँले श्रृष्टि कर्ता र जगत जननी रहेकी महिलालाई सबै ढंगले सशक्त बनाउन आवश्यक रहेको पनि बताउनुभयो ।
राष्ट्रिय गान, शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण लगायतका औपचारिकता पूरी गरी समुद्घाटन समेत गरिएको सो कार्यक्रममा पार्वती भण्डारी, कोपिला भुसाल र पुनम सापकोटाको स्वागत गीत र गोमा घिमिरेको नृत्यले नयाँ रौनक ल्याएको थियो ।
कार्यक्रममा नौमती बाजाका साथै समुहकि सदस्य अन्जु पाठक र कोषाध्यक्ष सिता अर्याल खरेलको नृत्य तथा सिता पौडेलको कविताले कार्यक्रममा भरपुर मनोरंजन प्रदान गरेको थियो भने श्रीमती जयन्ति थापाको कविताले सबैको मनमुटु छोएको थियो ।
सस्थाकी सचिब श्रीमती सुनिता तिवारीले संचांलन गर्नुभएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष श्रीमती देवी सापकोटाले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो ।
१२० जना भन्दा बढी महिला दिदि बहिनीहरु तथा दाजु भाई उपस्थित रहेको उक्त कार्यक्रममा एनआएनए आइसीसी सहकोषाध्यक्ष सोमनाथ सापकोटा, कृष्ण ढकाल, श्रीमती देबी साहनी, भुपेन्द्र पाठक, जयन्ति थापा र सिता खरेल महिला हकहित र अधिकारका बारेमा सम्बोधन गर्नुभएको थियो ।
सिता खरेल प्रमुख अथिति एनआरएनए आइसीसीका सहकोषाध्यक्ष सोमनाथ सापकोटा बिशेष आतिथ्य रहेको कार्यक्रममा शान्ति नेपाली समाज बेलायतका अध्यक्ष कृष्ण ढकाल, सिर्जनशील महिला समूहकि प्रतिनिधि जयन्ति थापा, गल्कोट समाजकि प्रतिनिधि दिपा साहनी, नौमती बाजा संयोजक नारायण बुढाथोकी, समाजसेवी भुपेन्द्र पाठक समेतको सहभागिता रहेको थियो ।
ि