Prakash Adhikari March 11, 2018

प्रतिनिधिसभा(नयाँ बानेश्वर, काठमाडौं), २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाटदुई तिहाई भन्दा बढी विश्वासको मत पाएका छन।  २ सय ७५ सीट भएको प्रतिनिधिसभामा प्रधानमन्त्रीको पक्षमा २ सय ८ मत खसेको छ भने विपक्षमा ६० मत खसेको छ।

उनका पक्षमा खसेको मत प्रतिनिधिसभाका कूल सदस्य संख्याको ७५ प्रतिशत हो ।

उनलाई नेकपा (एमाले),माओवादी(केन्द्र),राजपा,संघीय समाजवादी फोरम, राप्रपा सहितको भोट परेको थियो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाई मत दिएन।

त्यस्तै नयाँ शक्ति पार्टीका मात्र सांसद डा बाबुराम भट्टराई आइतबारको संसद बैठकमा उपस्थित नै भएनन।

नेपाल मजदूर किसान पार्टीको मत पनि प्रधानमन्त्रीलाई परेन ।

आइतबारको बैठकमा २ सय ६८ सांसद उपस्थित थिए ।

ओलीद्धारा सबैको सहयोग माग

मत विभाजनको प्रक्रियामा जानु पूर्व प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उठेका प्रश्नहरुहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आज आफूलाई मत नदिने माननीयलाई यहाँबाट बाहिर निसकेर घर जाँदा ड्राइभरले, घरमा खाना पकाउने भान्छे सहित आफ्नैअन्तरमनले पनि किन केपी ओलीलाई भोट नदिएको भनेर जीवनभर प्रश्न गरिरहने बताए ।

उनले सरकारले अब तीव्र गतिमा काम गर्ने स्पष्ट पारे । उनले  सरकारले लोकतन्त्रको आधारभूत मूल्य मान्यताको रक्षा र पालना गर्ने बताउदै भने,’म पनि लोकतन्त्रका लागि लडेर आएको हुँ ।’

उनले आफूलाई विश्वासको मत दिने सांसदहरुलाई समेत सरकारले नालायकी देखाए वा देशविरोधी काम गरेमा खबरदारी गर्न आग्रह गरे ।

उनले सरकार दम्भ लिएर होइन शालिनताका साथ अघि बढ्ने स्पष्ट पारे ।

उनले आफू नेकपा एमालेको वा माओवादी केन्द्रको मात्र नभएर, नेपालको प्रधानमन्त्री भएको उल्लेख गर्दै भने ‘एमाले र माओवादी केन्दको गठबन्धनले मलाई प्रधामन्त्री बनाएको हो तर म उनीहरुको लागि मात्र काम गर्न आएको होइन ।’

प्रधानमन्त्री ओलीले देशका समस्याहरु समाधान गर्न तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘लक्ष्य तोकेर, नीति र कार्यक्रमका साथ यो सरकार अघि बढ्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘ढुंगा फाँक्यो, जहाँ खस्यो त्यहाँ मेरो निशाना भन्ने जस्तो गरी यो सरकार अघि बढ्छ ।’

उनले आफूले बालेको हरेक कुराको जवाफदेही हुने जिकिर गरे । ‘एक छिनका लागि राम्रो असल कुरा गरेर उम्किन प्रधानमन्त्रीको पदमा आएको होइन,’ उनले भने, ‘म कुनै बाहाना खोज्दिन । गुरु नपाए पनि परिक्षामा फेल हुन्न । गुरु बिना सफल भएका एकलब्य जसरी काम गर्छु ।’

उनले सरकारका कारण कैलाली र पर्साको घटना हुन गएको नभई पछौटेपनका कारण यस्तो भएको र दोषीमाथि कडा कारवाही हुने स्पष्ट पारे ।

‘कैलालीको घटना बारे कडा कारवाही गर्न निर्देशन दिइसकेको छु । छोडिएको मानिसहरुलाई पुनः पक्राउ गरिएको छ । अपराधबाट कोही उन्मुक्ति पाउनेछैन । त्यस्ता दिन गए, अबको सरकारले कडा कारवाही गर्छ । समाजको पछौटेपन हटाउन सरकारले दृढ कदम चाल्छ’ उनले भने ।

प्रधानमन्त्री ओलीले आफूले रोष्टमबाट संविधान अपिवर्तनीय दस्तावेज होइन भनेकोमा मैले परिवर्तन हुँदेन भनेको भनेर प्रचार गरिएको बताउदै भने, ‘औचित्यको आधारमा संविधान संशोधन हुन्छ लहडका आधारमा हुने होइन, जिद्दीको आधारमा हुने होइन ।’

देश बनाउन सबैको सहयोग आवश्यक

यस अगाडि प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दै प्रधानमन्त्री ओलीले पक्ष, प्रतिपक्ष भएर होइन सबै मिलेर देश बनाउन लागिपर्नु पर्ने बताएका थिए ।
उनले देशमा विकासको महाअभियान सञ्चालन गर्नुपर्ने भएकोले सबैको सहयोग जरुरी भएको बताए । प्रधानमन्त्री ओलीले आफु दमनकारी शासक होइन जनताको सेवक हुन चाहेको उल्लेख गरे ।

उनले प्रतिपक्षी दलले पनि सरकारलाई विश्वास मत दिन सक्ने प्रदेश नं २ को दृष्टान्त पेश गर्दै आफुलाई पनि विश्वासको मत दिन नेपाली काँग्रेसका साँसदहरुलाई आग्रह गरेका थिए ।

उनले जनताले चाहेको जस्तो परिवर्तन गरेर जनताका प्रतिनिधिले संविधान नै ल्याइसकेकोले अब अर्को राजनीतिक क्रान्तिको आवश्यकता नभएको उल्लेख गरे । उनले सामाजिक जागरणका,शिक्षा र स्वास्थ्य,यातायात,विद्युतका क्षेत्रमा क्रान्तिकारी परिवर्तनका काम गर्न सबैलाई सहयोग गर्न आह्वान पनि गरेका थिए ।

संयुक्त राष्टक संघले अघि सारेको दिगो विकाश लक्ष्य सन् २०३० हासिल गर्नका लागि नेपालले पनि द्रत गतिमा अघि बढ्न पर्ने बताउदै प्रधानमन्त्री ओलीले प्रतिव्यक्ति आय ८०० बाट १२०० डलर पु¥याउनु पर्ने,व्यापार घाटा घटाउनु पर्ने ,स्वदेशमै रोजगारीका अवसर सृजना गरेर विदेशीएका युवालाई स्वदेशमा फर्काउनु पर्ने विचार राखेका थिए । ‘

Share Now

Leave a comment.