Prakash Adhikari August 30, 2018

 

क्वालाम्पुर(मलेशिया),१४ भदौ । एसीसी एशिया कप छनोट अन्तर्गत नेपाललाई युएईले २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर बलिड. रोजेको नेपाल विरुद्ध युएईले ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ५४ रन बनाएको थियो । युएइले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्न सफल भयो ।

तर बसन्त रेग्मीले मोहम्मद अस्फाक अहमदलाई ४५ रनमा आउट गरेपनि नेपालले पहिलो सफलता हात पार्यो ।

त्यसको लगत्तै सन्दिप लामिछानेले कप्तान रोहन मुस्तफालाई आउट गरे । तेस्रो विकेटका लागि रमिज सहजाद र चिराग सुरी विच ६७ रनको साझेदारी हुदा युएई बलियो स्थितीमा पुगेको थियो । तर १ सय ३७ रनमा उसले तेस्रो विकेट गुमायो ।

त्यसपछि १ सय ५९ रन हुदा नेपालले युएईको ५ विकेट लियो । नेपालका लागि बसन्त रग्मी र सन्दिप लामिछानेले दुई दुई तथा सोमपाल कामीले एक विकेट लिए । नेपाल विरुद्ध राम्रो लयमा देखिएका चिराग सुरीलाई ६५ रनमा दिपेन्द्र ऐरीले रनआउट गरेपछि युएईले एक सय ८४ रनमा ६ विकेट गुमायो ।

तर सन्दिप लामिछानेले आफ्नो अन्तिम ओभरमा दुई विकेट लिएपछि युएईले दुई सय २१ रनमा आठ विकेट गुमायो ।
अन्तिममा अद्नान मुफ्तीले आक्रामक अर्धसतक प्रहार गरेपछि युएईले नेपाललाई बलियो लक्ष्य दिन सफल भयो । अद्नानले ५७ रन बनाए । नेपालका लागि सन्दिप लामिछानेले चार विकेट लिए ।

Share Now

Leave a comment.