
काठमाडौं, ४ असोज । नेपाली कांग्रेसले सांसद भरतकुमार शाहलाई संसदको सार्वजनिक लेखा समितिको सभापतिमा उठाउने भएको छ ।
सामान्यत प्रतिप्रक्षी दललाई दिने प्रचलन रहेको संसदको लेखा समितिमो नेतृत्वमा सत्तारुढ दलहरुले उम्मेदवारी नदिने सहमति बनेको बताइएको छ । यसो भयो भने उहाँ निर्विरोध निर्वाचित हुने संभावना छ ।
समितिको सभापतिको लागि मनोनयनको दिन आज तोकिएको छ ।
रुपन्देही ५ बाट प्रतिनिधिसभामा निर्वाचित शाह २०५६ साल यता तेश्रो पटक सांसद बन्नुभएको हो ।
२०२७ सालबाट नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका शाहले त्रिभुवन विश्वविद्यालयमा २०३८ सालमा एमबिए गर्नुभएको छ । उहाँ अर्थ राज्य मन्त्री समेत भैसक्नुभएको छ ।