Prakash Adhikari July 19, 2026

मियामी(संयुक्त राज्य अमेरिका), ३ साउन (एजेन्सी) । संयुक्त राज्य अमेरिकाको मियामी रंगशालामा भएको फिफा विश्वकप २०२६ को सनसनीपूर्ण र तेस्रो स्थानको भिडन्तमा इङ्गल्याण्ड विजयी भएको छ।

कुल १० गोल भएको विश्वकप इतिहासकै एक अत्यन्त रोमाञ्चक खेलमा फ्रान्सलाई ६-४ को नतिजाले पराजित गर्दै इङ्गल्याण्डले तेस्रो स्थान हासिल गरेको हो।

यस जितसँगै इङ्गल्याण्डले सन् १९६६ पछिको विश्वकपमासबैभन्दा उत्कृष्ट नतिजा आत्मसात् हासिल गरेको छ भने यसअघि सन् १९१० र २०१८ मा तेस्रो स्थानको खेल गुमाएको टोलीले यसपटक रवाफिलो जित निकालेको छ।
इङ्गल्याण्डको ऐतिहासिक जितमा जर्सी नम्बर ७ का स्ट्राइकर बुकायो साका नायक बने। साकाले चोलको ३७ औं, ४५ और ८७ औं (पेनाल्टी) मिनेटमा गोल गर्दै सानदार ह्याट्रिक पूरा गरे।

इङ्गल्याण्डका लागि खेलको तेस्रो मिनेटमै डिक्लान राइसले सुरुवाती गोल गरेका थिए भने १८ औं मिनेटमा राइसकै उत्कृष्ट असिस्टमा डिकेन्टर एशी कोन्साले दोस्रो गोल गरेका थिए।

खेलको अन्तिम समयमा फ्रान्सले लगातार गोल फर्काएर दबाब सिर्जना गरे पनि थपिएको समयको आठौँ मिनेटमा जुड बेलिङ्यमले गोल थप्दै इङ्गल्याण्डको ६-४ को ऐतिहासिक जित पक्का गरे।

अर्कोतर्फ, पहिलो हाफमा ४-० को विशाल गोल अन्तरले पछि परेको फ्रान्स दोस्रो हाफमा पुनरागमनको प्रयास गरेको थियी। फ्रान्सका लागि स्टार फरवार्ड किलियन एम्बाप्पेले ४८ औं र ६६ औं मिनेटमा दुई गोल गरे भने ५४ औं मिनेटमा एम्बाप्पेको पासमा हाड़ली बारकोलाले गोल गरेका थिए।

खेलको हत्जुरी समय अर्थात् ९०९६ औं मिनेटमा ओसमान डेम्बेलेले गोल गरेपछि फ्रान्सले खेललाई ४(५ को अत्यन्तै रोमायुक स्थितिमा ल्याएकी थियो। यद्यपि, खेलको अन्तिम सेकेन्डमा बेलिङ्यमले गोल गरेपछि फ्रान्सको ऐतिहासिक पुनरागमनको प्रयास असफल हुन पुग्यो ।

खेतमा पराजित भए पनि फ्रान्सेली कप्तान किलियन एम्बाप्यीले दुईवटा विशाल कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका छन्। आजको खेलमा दुई गोल गरेसँगै उनी फिफा विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बनेका छन्। उनले समग्र विश्वकप करियरमा आफ्नो गोल संख्या २२ पुन्याउँदै अजेन्टिनाका लियोनेल मेस्सीको २१ गोलको रेकर्डीलाई भंग गरेका हुन्।

जारी विश्वकपमा आफ्नो गोल संख्या १० पुन्याउँदै एम्बाप्पेले यस सस्करणको गोल्डेन बुटको दौडमा पनि एकल अग्रता बनाएका छन्। मेस्सीको फाइनल खेल अझै बाँकी रहे पनि हालका लागि एम्बाप्पे विश्वकप इतिहासकै सबैभन्दा सफल गोलकर्ताका रुपमा उभिएका छन्।

Share Now