Prakash Adhikari April 12, 2019

नयाँदिल्ली(भारत),२८ चैत्र(बीबीसी) ।  भारतमा आम चुनावको पहिलो चरण अन्तर्गत १८ राज्य र दुई केन्द्र शासित प्रदेशमा मतदान सम्पन्न भएको छ। ती मतदान ९१ वटा सीटको लागि भएको हो।

त्यसक्रममा ठूला प्रदेशहरू उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल लगायतका विभिन्न निर्वाचन क्षेत्रमा मतदान भएको हो।

सरकारी विवरण अनुसार साँझ पाँच बजेसम्म बिहारमा ५०.२६ प्रतिसत, पश्चिम बंगालमा ८० प्रतिसत, उत्तर प्रदेशमा ५९.७७ प्रतिसत, उत्तराखण्डमा ४६.५९ प्रतिसत, उडिसामा ६६ प्रतिसत, तलंगानामा ६०.५७ प्रतिसत, जम्मु कश्मीरमा ४६ प्रतिसत, सिक्किममा ५५ प्रतिसत, मणिपुरमा ७८.२० प्रतिसत, मिजोरममा ५५.२० प्रतिसत, नागाल्याण्डमा ७३ प्रतिसत, आसाममा ६८ प्रतिसत र मेघालयमा ६२ प्रतिसत मत खसेको थियो।

चरणवद्ध मतदान

यो निर्वाचनमा ११ अप्रिलदेखि १९ मेसम्म ७ चरणमा मतदान हुनेछ र मतगणना २३ मेबाट हुनेछ ।

झण्डै डेढ महिनासम्म हुने चुनावमा ९० करोड मतदाताले भोट खसाल्ने ठानिएको छ।

भारतको कूल जनसंख्याको आधाभन्दा बढी २५ वर्षभन्दा कम उमेरका छन्।

भारत निर्वाचन

त्यसैले यो देशको बहुमतको आवाज हो। जसले चुनावमा अहिलेसम्मको सबैभन्दा बढी महत्व राख्छ।

२० वर्षका सैफल खालिफ कोलकाता शहरका विद्यार्थी हुन। उनका शब्दहरू मुस्लिम र हिन्दूबीच बढ्दो तनावप्रति लक्षित छन्।

उनी भन्छन्, “यहाँ हाम्रो देशमा सबभन्दा ठूलो मुद्दा मानिसहरूबीच हराउँदै गएको भाइचार हो। म मेरो भारतलाई आपसमै लड्ने देश बनाउन चाहन्न। हामी थप एकतावद्ध हुनुपर्छ।”

महिला बढी

यो चुनावमा पहिलो पटक पुरुषभन्दा धेरै महिलाले मतदान गर्ने अनुमान गरिएको छ।

पहिलो पटक भोट खासल्न लागेकी एक महिला मतदाताले भनिन्, “म चाहन्छु दुईवटा कुरामा मेरो सरकार सुनोस्- एउटा मैले बराबर तलब पाउँ किनकि हामीले केटा सरह काम गर्छौं। र दोस्रो सडकमा हिँड्दा मैले सुरक्षित महसुस गरूँ।”


यो चुनावमा भारत दोबाटोमा उभिएको देखिन्छ।

नरेन्द्र मोदीलाई चुनौति दिन प्रधानमन्त्री आफ्ना वाचा पूरा गर्न पूर्णत: विफल भएको आरोप लगाउँदै कांग्रेसका नेता राहुल गान्धीले विपक्षीहरूको तर्फबाट नेतृत्व गरेका छन्।

‘मोदीको जनमत संग्रह’

मतदान सुरु हुँदा चुनावलाई प्रधानमन्त्री नरेन्द्र मोदीमाथिको जनमत संग्रह पनि ठानिएको छ।

गुजरातबाट आएर उनी सन् २०१४ मा ठूलो जीतका साथ शक्तिमा आएका थिए।

उनका समर्थकले देशभित्र र बाहिर मुलुकको स्वार्थ रक्षा गर्ने सक्ने उनी बलियो व्यक्ति भएको बताउँछन्।

भारत निर्वाचन

अति गरिबी उनकै पालमा घटेको छ। तर विगत पाँच वर्षमा झण्डै आधा शताब्दी यताकै धेरै बेरोजगारी देखा परेको छ।

 

Share Now

Leave a comment.