काठमाडौं, ३० कार्तिक । विश्वकप २०२२ को छनोटमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अखिल नेपाल फुटबल संघले अनुशासनको कारबाही गरेको छ।
एन्फाले शनिबार बिहान स्ट्राइकर विमल घर्तीमगर, मिड फिल्डर अञ्जन विष्ट, अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई राष्ट्रिय टिमबाट बर्खास्त गरेको हो।
एन्फाको नेपाली फुटबल टिम व्यवस्थापन समितिले चारै जनाले अनुशासनहीन काम गरेको भन्दै प्रशिक्षका योहान कालीनसँगको छलफलपछि हटाइएको हो। बर्खास्तमा परेका चारै खेलाडी शुक्रबार राति ठमेलका विभिन्न नाइट क्लबहरुमा भेटिएको एन्फाको आरोप छ।
फुटबल लगायतका खेलमा खेलाडीहरुलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुनुपूर्व बन्द शिविरमा राखिने चलन छ । खेल अवधिमा डोपिड. परिक्षण गर्दा नशालु तथा मादक पदार्थ लिएको नदेखियोस् र खेलाडीहरुको मन,वचन र कर्मले खेलमा समर्पित हुन सकून भनेर यस्तो शिविरमा राखिन्छ । तर विभिन्न अन्तर्राष्ट्रिय क्लबमा सहभागी भएका र नेपालको राष्ट्रिय टीमबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका अनुभवी खेलाडीहरुले फिफाको छनोट जस्तो महत्वपूर्ण प्रतियोगितामा जानुपूर्व गति छाडेपछि एन्फाले कारबाही गरेको हो ।
खेलाडीहरुलाई मंगलबार नेपाल र कुवेतबीच हुने खेलको लागि भुटान जाने टिमबाट ड्रप गरिएको छ ।
नेपालले विश्वकप क्वाटरफाइनल अन्तर्गत नेपालको होममा गेम आफ्नो दशरथ रंगशाला तयार नभएकोले न्युट्र्ल भेन्युको रुपमा भुटानमा खेल्ने निर्णय गरेको थियो । नेपालको होम गेम अन्तरगतको खेलमा नेपालले मंगलबार थिम्पुमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।
त्यसका लागि नेपाली टोली शनिवार थिम्पु प्रस्थान गरिसकेको छ।


















