Prakash Adhikari November 17, 2019

 

काठमाडौं, १ मंसिर । आज आठौं कर दिवस। आन्तरिक राजस्व विभागले आज विभिन्न कार्यक्रम आयोजना गरी कर दिवस मनाउने तयारी गरेको छ।

विभागले काठमाडौं उपत्यका र जिल्ला जिल्लामा साताव्यापीरूपमा कर सचेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाउने जानकारी दिएको छ।

मूल्य अभिवृद्धि कर लागू भएको दिनको सम्झनामा मनाउन थालिएको दिवसको यसपालिको नारा ‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ तय गरिएको छ। मन्त्रिपरिषद्को २०६९ सालको निर्णयअनुसार प्रत्येक मङ्सिर १ गते दिवस मनाइँदै आएको छ।

यसै अवसरमा आज काठमाडौंमा आयोजना हुने मूल समारोहमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरिने विभागका महानिर्देशक विनोदबहादुर कुँवरले जानकारी दिनुभएको छ।

साताव्यापी कार्यक्रमअन्तर्गत करदातासँग अन्तरक्रिया, कर सचेतना कार्यक्रम, करमैत्री यात्राअन्तर्गत हास्यव्यङ्ग्यलगायत कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।

Share Now

Leave a comment.