आबुधाबी(संयुक्त अबर इमिरेट्स), ३० कार्तिक । युएईको अबुधाबीमा भैरहेको टी १० लिग अन्तर्गत शनिवार राति भएको खेलमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले एक विकेट लिएका छन् । उनी आबद्ध टी कर्नाटक टस्कर्सले आफ्नो पहिलो खेलमा दिल्ली बुल्सलाई १९ रनले पराजित गरेको छ।
शेख जायद स्टेडियम अबुधाबीमा भएको खेलमा पहिले ब्याटिंग गर्दै कर्नाटकले ५ दिएको १ सय १० रनको योगफल तयार पारेको थियो । १ सय ११ रनको लक्ष्य पछ्याएको दिल्लीले बुल्सले १० ओभरको निर्धारित खेलमा ८ विकेट गुमाएर ९१ रन मात्र बनाउदै नतिजा कर्नाटकलाई सुम्पियो ।
लक्ष्य पछ्याउने क्रममा दिल्लीको लागि एञ्जेलो म्याथुजले ३१ ,कप्तान ओएन मोर्गनले २१,मोहम्मद उस्मानले ८, पौल स्टिरिड.ले ७, कुशल परेराले ९, अलि खानले ६, डेभिड विलेले ४ र रवि रामपौलले १ रनको योगदान दिए ।

दिल्लीलाई रोक्ने क्रममा कर्नाटकाका नाथन रिमिङ्गटनले ३ प्याट्रिक ब्राउन र एह्मद राजाले २ । २ विकेट तथा सन्दिप लामिछानेले १ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा कर्नाटकाले निर्धारित १० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय १० रन बनाएको थियो। श्रीलंकन ब्याट्सम्यान उपुल थाराङ्गाले सर्वाधिक ४८ रन बनाए । यस्तै शाफिकुल्लाह शफिकले ३४ रन बनाए । कर्नाटकका जोन्सन चाल्र्सले १३, हसिम अल्माले ६ र रस ह्विइटलेले ४ रन जोडे ।
दिल्लीका बलर रवि रामपौलले २ तथा डेभिड विले र दुश्मन्था चमिराले १ । १ विकेट लिए।
खेलमा सन्दीपले २ ओभर बलिङ्ग गर्ने क्रममा १९ रन खर्चेर १ विकेट लिए । इनिंगको चौथो ओभरमा बलिङ्ग गर्न आएका सन्दीपले पहिलो ओभरमा निकै उत्कृष्ट बलिङ्ग गरे। ओभरको पहिलो बलमै उनले मोहम्मद उस्मानलाई बोल्ड गरे। पहिलो ओभरका ६ बलमा सन्दिपले मात्र ३ रन जोड्न दिए । दोस्रो स्पेलमा उनले २ छक्का सहित १६ रन बनाउन दिए । पाँचौ बलमा सन्दीपले फालेको बललाई म्याथुजले स्लग स्विप गर्न खोज्दा बलले प्याडमा लाग्यो। सन्दीपले अपील गरेका थिए तर
टी १० लिगमा सन्दीप दोश्रो सिजन खेलिरहेका छन्। गत बर्ष सन्दीपले केरला नाइटस्को लागि खेलेका थिए। उनले गत बर्ष ६ खेलमा ६ विकेट लिएका थिए।

सन्दिपको टीमले अब लिग अन्तर्गत आगामी खेल आइतबार बाङ्ग्ला टाइगर्स बिरुद्ध खेल्नेछ। खेल बेलुका ७ः३० बजे सुरु हुनेछ। आइतबार नै पारस खड्का आबद्ध टिम आबुधाबीले नर्थर्न वारियर्ससंग खेल्दैछ। खेल बेलुका ५ः१५ बजे सुरु हुनेछ।
लिग अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा पारस खड्काको टिम आबुधाबी र कलन्दर्स बीचको खेल बराबरीमा टुंगिएको थियो। टी १० मा पहिलो पटक डेब्यू गरेका नेपाली राष्ट्रिय टीमका पूर्व कप्तान पारसले टीम आबुधाबीका लागि अविजित ३ रन जोडेका थिए । खेलमा टीम अबुधावी र कलन्दर्सको रन बराबरी हुँदा अंक बाडिन गएको छ ।०


















