Prakash Adhikari July 29, 2018

 

लण्डन(संयुक्त अधिराज्य), १३ साउन । मेरिलिबोन क्रिकेट क्लब(एमसीसी) र मेरिलिबोन क्रिकेट फाउण्डेशन(एमसीसी) ले संयुक्त रुपमानेपाली क्रिकेटको क्षमता र पूर्वाधार बिकासकालागि सहयोग गर्ने भएका छन् ।

फाउन्डेसनले कोषको स्थापना गर्दै यसको घोषणा गरेको हो। अहिलेको लागी यसको लक्ष्य एक लाख पाउण्ड करिब १ करोड ४२ लाख नेपाली रुपैया राखिएको छ ।

ःनेपाल राष्ट्रिय टोलीले हालै प्राप्त गरेको अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता र देशभर बढ्दै गएको खेलप्रतिको चासोसंगै अन्तर्राष्ट्रिय क्रिकेट परिषदको आग्रहमा एमसीसीले सहयोगको लागि नेपाल चुनेको हो।

यो सहयोगको अपीलकालागि एमसीसीले नेपाल भ्रमण गर्ने छ । यो भ्रमणको नाम “लेगसी टुर्स” दिएको छ ।

Share Now

Leave a comment.