Prakash Adhikari July 29, 2018

लर्डस क्रिकेट  मैदान (लण्डन, संयुक्त अधिराज्य), १३ साउन । संयुक्त अधिराज्यको लण्डनमा प्रख्यात रहेको लर्डस क्रिकेट मैदानमा आज भएको त्रिकोणात्मक टी-ट्वान्टी श्रृखला अन्तरगतको आफ्नो पहिलो खेलमा नेपालले मेरिलोवर्न क्रिकेट क्लबलाई ९ विकेटले जितेको छ ।

बर्षाको कारण ६ ६ ओभरमा खेलिएको उक्त खेलमा श्रीलंकाका पूर्व खेलाडी महेला जयवर्धनेले सर्बाधिक २४ रन बनाएका थिए । उनले १६ बलमा ४ चौका प्रहार गरेका थिए ।

नेपालको तर्फ बाट सोमपाल कामीले २ र शक्ति गौचनले १ विकेट लिएका थिए ।

जवाफमा नेपालले ४१ रनको लक्ष्य ४.४ ओवरमा जित्न सफल भयो । उसका लागी ओपनर सुबाश खकुरेल ले १६(१५) र ज्ञानेन्द्र मल्ल ले अविजीत १२(४) रन बनाएका थिए । खकुरेल ले २ चौका र मल्लले १ चौका र १ छक्का प्रहार गर्दै नेपाललाई सहज विजयी बनाएका थिए ।

Share Now

Leave a comment.