काठमाडौँ, २६ आषाढ । साताको अन्तिम कारोबार दिन बिहिवार नेपालको शेयर बजार बढेर बन्द भएको छ । यस दिन सेयर कारोबार मापक धितोपत्र बजार परिसूचक २५.८९अंकले बढेर २७३१.८० विन्दुमा उक्लिएको छ ।
यस दिन कुल १ सय ६१ कम्पनीको सेयर मूल्य बढ्यो भने ८७ कम्पनीको मूल्य घट्यो । नेप्सेका अनुसार बिहिबार कुल २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयरको खरिदबिक्रीबाट ९ अर्ब ६८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।
यस दिन जलविद्युत् र व्यापारबाहेकका ११ उपसमूहको सूचकांक बढेको छ ।
यस दिन माईखोला हाइड्रोपावरको ८.१५, मान्डु हाइड्रोपावरको ६.७६, समता घरेलु लघुवित्तको ६.५७, भगवती हाइड्रो डेभलपमेन्ट कम्पनीको ६.५२ र सानिमा बैंकको ४.८० प्रतिशतले सेयर मूल्य बढ्यो।
यस दिन शेयर मूल्य घटेका कम्पनीमा कर्पोरेट डेभलपमेन्टको ९.९२ प्रतिशत, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ६.४७ प्रतिशत, सिन्धु विकास बैंकको ४.३९प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ४.३५ प्रतिशत र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ३.६७ प्रतिशतले मूल्य घट्यो।
यस दिन बढी कारोबार हुने कम्पनीहरुमा एनआरएन, बीपीसी,सानिमा,सप्तकोशी विकास बैंक,सीईबीडी हाइड्रो,साहस ऊर्जा, सानिमा माई हाइड्रो, ग्लोबल आईएमई,कुमारी बैंक र राँधी रहेका छन् ।


















