Prakash Adhikari May 15, 2026

काठमाडौं, १ जेठ । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि गिरावट भएको छ।शुक्रवार सुन प्रतितोला ४ हजार रुपैयाँ र चाँदी तोलामा ३ सय ५५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला ५ हजार ७ सय ४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

Share Now