Prakash Adhikari November 16, 2019

 

कीर्तिपुर(काठमाडौं), ३० कार्तिक । युनिसेफको कार्यक्रममा सहभागी हुन नेपाल आउनुभएका पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकरले किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिवार प्रदर्शनी खेल खेल्दै हुनुहुन्छ।

उहाँले नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान बिनोद दासको टिमसंग प्रदर्शनी खेल खेल्नुहुनेछ। दुवै टीममा अन्य खेलाडीहरु विद्यालयस्तरका बालबालिकाहरु हुनेछन् ।

“बाल अधिकारको वकालतका लागि मैत्रीपूर्ण क्रिकेट” नाराको साथ मैत्रीपूर्ण खेलको आयोजना गरिएको यो खेल बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको ३० वर्षको उपलक्ष्यमा आयोजना गरिएको हो।

74348158 781488042296247 9019026074255753216 n

युनिसेफ नेपालले अफ्नो फेसबुक पेज मार्फत खेल हेर्न आउन अनुरोध समेत गरेको छ। खेल १० बजे सुरु हुने भएपनि यूनिसेफले दर्शकहरुलाई शनिवार विहान ९ बजे अघि मैदानमा प्रवेश गर्न आग्रह गरेको छ।

कीर्तिमानी ब्याट्सम्यान तेन्दुलकर युनिसेफसंग १ दशक भन्दाबढी समयदेखि आबद्ध हुनुहुन्छ। सन् २००३ मा भारतको पोलियो अभियानमा जोडिनुभएका सचिनले २०१३ मा युनिसेफ दक्षिण एसियाको गुडविल एम्बासेडर चयन हुनुभएको थियो।

सन् १९८९ मा पाकिस्तानविरुद्ध भारतीय टोलीबाट १६ वर्षको उमेरमा डेब्यू गर्नुभएका सचिनले त्यसपछि २५ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभयो। सचिन तेन्दुलकर अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने क्रिकेटर हुनुहुन्छ । उहाँको नाममा विश्व क्रिकेटका ठुला रेकर्डहरु रहेका छन्। एक दिवसीय र टेस्ट क्रिकेटमा क्रमसः १८ हजार ४ सय २६ र १५ हजार ९ सय २१ रन बनाएका तेन्दुलकर दुवै फर्म्याटमा धेरै रन बनाउने खेलाडी हुनुहुन्छ। सचिनले एकदिवसीयमा ४९ र टेस्टमा ५१ गरि कुल १०० शतक बनाएका बनाउनुभएको छ, जुन दुवै फर्म्याटमा र समग्रमा सबैभन्दा धेरै शतक हो।

74232802 2239970059634894 429420481045594112 n
यस पहिले पनि नेपालमा विश्वका चर्चित क्रिकेट खेलाडीहरुले भ्रमण गरिसक्नुभएको छ। यसै वर्ष भदौमा चर्चित इंग्ल्याण्ड क्रिकेटर एन्ड्रु फ्लिनटफ नेपाल आउनुभएको थियो ।त्यस पहिले कपिल देव, सुनिल गाभस्कर, गोर्डन ग्रिनिज, इमरान खान, महेन्द्रसिंह धोनी, भीभीएस लक्ष्मण, अजय जडेजा नेपाल आइसक्नुभएको छ।

गावस्कर २००५ मा नेपाल आउनुभएको थियो भने कपिल देव १९९९ मा नेपालमा आयोजित मास्टर लेजेंड्स कपमा खेल्न नेपाल आउनुभएको थियो। मास्टर लेजेंड्स कपमा कपिल देब बाहेक दिलिप भेंगसरकार, बिनोद काम्ब्ली, टोनी ग्रेग, मदन लाल, क्रिस श्रीकान्त, रोजर बिन्नी, चेतन शर्मा, ड्यानी मोरीसन, अब्दुल कादिर जस्ता खेलाडीहरु आउनुभएको थियो।

पाकिस्तानका वर्तमान प्रधानमन्त्री इमरान खान ८० को दशकको अन्त्य तिर नेपाल आउनुभएको थियो। त्यसबाहक महेन्द्रसिंह धोनी २०१२ मा बिशेष भ्रमणमा, लक्ष्मण २०१३ मा जर्नी टु वर्ल्ड कप प्रतियोगिताको दौरान तथा जडेजा २०१६ इपीएलको अवसरमा नेपालमा आउनुभएको थियो । पुर्व वेस्ट इन्डिज क्रिकेटर गोर्डन ग्रिनिज १९९८ को एसीसी ट्रफीमा नेपालको प्रशिक्षकको रुपमा छोटो समयको लागि नेपाल आउनुभएको थियो।

विश्व क्रिकेटका महान हस्ती सचिन तेन्दुल्कर शुक्रबार साँझ काठमाडौं आइपुगेका आइपुग्नुभएको छ। युनिसेफको बालअधिकार सम्बन्धि सचेतनामुलक कार्यक्रममा सहभागिताका लागि काठमाडौं आउनुभएका सचिन होटल द्धारिकामा बस्नुभएको छ ।

1 21

 

Share Now

Leave a comment.