Prakash Adhikari November 16, 2019

काठमाडौं, ३० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो युरेटरमा राखिएको स्टण्ट निकाल्न र नियिमित स्वास्थ्य जाँचका लागि ग्रान्डी अस्पताल पुग्नुभएको छ।

पिसाब फेर्न समस्या भएपछि कात्तिक १३ गते प्रधानमन्त्रीको युरेटरमा ‘स्टेन्ट’ राखिएको थियो।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले यसबारे जानकारी गराउनु भएको थियो।

मिर्गौला र पिसाब थैली जोड्ने सानो नलीलाई युरेटर भनिन्छ र पिसाब बग्न समस्या भएपछि नलीको आकार बढाउन स्टण्ट राख्ने गरिन्छ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

त्यसपछि थाइलैण्ड र सिंगापुरमा उहाँको नियमित अनुगमन परीक्षण हुँदै आएको थियो । प्रत्यारोपण गरिएको मृगौलाले अपेक्षित काम गर्न नसकेपछि उहाँलाई गत साउनमा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।

शरिरमा विकसित भएको एण्टिबडीलाई अपेक्षित सीमामा ल्याउन उहाँलाई भाद्र महिनामा पुन सिंगापुर लगेर प्लाज्माफेरोसिस विधिबाट उपचार गरिएको थियो।

Share Now

Leave a comment.