Prakash Adhikari April 20, 2020

 

काबुल(अफगानिस्तान), ८ बैशाख(बीबीसी) । अफगानिस्तानको राष्ट्रपति कार्यालयमा दर्जनौँ कर्मचारीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको विवरणहरूमा जनाइएको छ।

यसअघि २० जनामा सङ्क्रमण देखिएको बताइए पनि आइतवार द न्यूयोर्क टाइम्सले सङ्क्रमित हुनेको सङ्ख्या ४० पुगेको जनाएको छ।

अफगानिस्तानको सरकारले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। र, स्वयं राष्ट्रपति असरफ गनीमा पनि सङ्क्रमण देखिएको छ वा छैन भन्ने कुनै खबर छैन।

बैठकको अध्यक्षता

Ashraf Ghani: Afghan president has 'worst job on Earth' - BBC News

सतरी वर्षीय राष्ट्रपति गनीले सन् १९९० को दशकमा क्यान्सरका कारण आफ्नो पेटका केही भाग गुमाएका खबरहरू आएका थिए।

ूकोरोनाभाइरसबाट राष्ट्रपति कार्यालयमा २० जना सङ्क्रमित भएका छन्। यद्यपि, मानिसहरू नआत्तिऊन् भन्ने सुनिश्चित गर्न यसलाई बाहिर नल्याइएको हो,ू एक सरकारी अधिकारीले शनिवार एएफपी समाचार संस्थालाई भने।

राष्ट्रपति कार्यालयले बिहीवार गरेको एउटा ट्वीटमा राष्ट्रपति गनीले भिडिओ लिङ्कमार्फत मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरेको देखिन्छ।

तर त्यसयता उक्त ट्वीटर खातामा राष्ट्रपतिले इरानी अधिकारीहरूसँग दूरीमा बसेर बैठकहरू गरेका तस्बिरहरू राखिएका छन्।

दक्षिण एशियाको आर्थिक वृद्धिदर ४० वर्षमा सबैभन्दा कम हुने

यो वर्ष गरिब देशलाई ऋण तिर्न नपर्ने बनाउन अपिल

अफगानिस्तान सरकारले शनिवार दिएको तथ्याङ्क अनुसार त्यहाँ ९३३ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भएको छ।

सङ्क्रमित हुनेको सङ्ख्या कम देखिए पनि दशकौँ लामो द्वन्द्वका कारण अफगानिस्तानको स्वास्थ्य सेवा एकदमै कमजोर छ र उनीहरूसँग परीक्षण गर्ने साधन पनि सीमित मात्रै छ।

तर अफगानिस्तानमा कोरोनाभाइरसको सङ्क्रमण निकै धेरै भएको आशङ्काहरू व्यक्त गरिएका छन्।

मार्च महिनामा डेढ लाखभन्दा बढी अफगानहरू कोरोनाभाइरसबाट निकै प्रभावित बनेको इरानबाट स्वदेश फर्किएका थिए।

त्यस्तै दशौँ हजार मानिस पाकिस्तानबाट पनि फर्किएका थिए।

दक्षिण एशियाको अवस्था

South Asia Maps

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलसम्म विश्वभरि २४ लाख २ हजार ७ सय ९८ सङ्क्रमित भएका छन् भने एक लाख ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

उक्त विश्वविद्यालयको तथ्याङ्क अनुसार अहिलेसम्म अफगानिस्तानमा सङ्क्रमित हुनेको सङ्ख्या ९ सय ९६ छ भने ३३ जनाको मृत्यु भएको छ।

दक्षिण एशियाका देशमध्ये भारत, पाकिस्तान र बाङ्ग्लादेशपछि सङ्क्रमित हुनेको सङ्ख्या अफगानिस्तानमा धेरै रहेको छ।

अफगानिस्तानपछि श्रीलङ्कामा सङ्क्रमित हुनेको सङ्ख्या २ सय ७१ छ भने त्यहाँ अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ।

माल्दिभ्स, नेपाल अनि भुटानमा सङ्क्रमित हुनेको सङ्ख्या ५२, ३१ र ५ रहे पनि यी देशमा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन।

Share Now

Leave a comment.