
काठमाडौं, २९ मंसिर । नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसीसी) बैंक स्थापनाको रजत जयन्ती बर्षमा मनाईरहेको छ ।
रजत जयन्ती बर्षकै अवसर पारेर बैंकले केन्द्रीय काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा २५ बर्ष सेवा गर्ने कर्मचारीहरुलाई सम्मानित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपाने र प्रमुख कार्यकारी रमेशकुमार शर्माको उपस्थिति रहेको सो कार्यक्रममा अमिता श्रेष्ठ,जुली श्रेष्ठ, सरिना पाण्डे, मंगलबहादुर विमली र राजमान डंगोललाई सम्मानित गरिएको थियो ।
बैंकको स्थापनाकालदेखि अविच्छिन्न सेवा गर्नुभएका कर्मचारीहरुलाई अध्यक्ष न्यौपाने र प्रमुख कार्यकारी अधिकृत शर्माले कदर पत्र प्रदान गर्नुका साथै दोसल्ला पहिर्याएर सम्मानित गर्नुभएको थियो ।