Prakash Adhikari December 30, 2021

काठमाडौं, १५पौष । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ।

बुधबार बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो।

सरकारले उपाधि विजेता १२ जना खेलाडीहरुलाई जनही ५।५ लाख दिने निर्णय गरेको छ भने २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेको छ।

ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो।

नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।

उपाधि विजेता नेपाली टिम आज स्वदेश फर्कदै छ।

Share Now

Leave a comment.