Prakash Adhikari January 2, 2022

काठमाडौं, १८ पौष। नेपाली सेनाको सेकेण्ड लेफ्टिनेण्ट पदमा भर्ना खुलेको छ । नेपाली सेनाले २ सय २९ रिक्त पदमा सेकेण्ड लेफ्टिनेण्ट माग गरेको हो।

सेनामा खुलातर्फ १ सय २० जनाको कोटा छ । यसैगरी शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततिका लागि ६ जना, महिला २१ जना, आदिवासी जनजाती ३३ जना, मधेसी २९ जना, दलित १५ जना पिछडिएको क्षेत्रबाट ५ जनाको कोटा निर्धारण गरिएको छ ।

नेपाली सेनामा रही देश र जनताको सेवा गर्न इच्छुक उमेदहद भित्रका स्वस्थ्य र तन्दुरुस्त व्यक्तिले आजदेखि माघ १७ गतेसम्म हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिने सक्नेछन् ।

दोब्बर दस्तुर तिरेर माघ १८ गतेसम्म दरखास्त बुझाउन सकिने छ ।

 

Share Now

Leave a comment.