Prakash Adhikari January 2, 2022

विराटनगर(मोरड.), १८ पौष । हिमालयन बैंकले पूर्वी पहाडी जिल्ला धनकुटाका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ।

बैंकको प्रदेश नम्बर १ को कार्यालयले धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भानु माविमा न्यानो कपडा वितरणसँगै वित्तीय साक्षरता कार्यक्रम गरेको बैंकले जनाएको छ।

बैंककको धरान शाखा र सेवक अभियानको संयुक्त आयोजनामा राजारानीको सामुदायिक विद्यालय पुण्य माविमा न्यानो कपडा वितरण गरिएको थियो।

बैंक तथा वित्तीय संस्थाका सेवा सम्बन्धी जानकारी दिन गरिएको वित्तीय साक्षरता कार्यक्रममा एक सय जनाभन्दा बढीको सहभागिता रहेको बताइएको छ।

बैंकका शाखा प्रबन्धकहरू बिन्दिया रायमाझी(विराटनगर), सुनिल शर्मा (इटहरी), सुमित गुप्ता (हिले) र अन्य कर्मचारी रोचना भट्टराई, सुजन सुवेदी, राजु खत्री र आयुष्मा शाक्यले वित्तीय साक्षरतासम्बन्धी तालिम दिएको बैंकले जनाएको छ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कुमारजंग याक्खाले बैंकिङ कारोबारका लागि गाउँ गाउँका नागरिकलाई चेतनशील बनाउनुपर्ने धारणा राख्नुभएको थियो। कार्यक्रममा वडा अध्यक्ष पलकबहादुर बस्नेत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्ण खजु र भानु माध्यमिक विद्यालयका प्रअ यज्ञबहादुर लिम्बूको पनि उपस्थिति थियो।

कार्यक्रममा राजारानीस्थित पुण्य माविका ४ सय विद्यार्थीलाई स्वेटर तथा टोपी वितरण गरिएको थियो ।

बैंकका प्रदेश १ प्रमुख अमृत मल्लले जाडोमा विद्यार्थीलाई न्यानो लुगा बितरण गर्न पाएकोमा खुशी ब्यक्त गर्नुभएको थियो ।

Share Now

Leave a comment.