Prakash Adhikari December 4, 2022
काठमाडौं, १८ मंसिर । नेपाल इन्भेष्टमेण्ट बैंक बेलायतको प्रतिष्ठित फाइनान्सियल टाइम्सको सहप्रकाशन 'द बैंकर' नामक पत्रिकाद्धारा स्थापित 'बैंक अफ द इयर २०२२' अवार्डले सम्मानित भएको छ।

नेपालबाट नेपाल इन्भेष्टमेण्ट बैंक सन् २०२२ को लागि देशको “उत्कृष्ट बैंक” छनोट भएको हो। एनआइबिएलले विगत २ दशकमा बैंकिङ उद्योगको प्रतिष्ठित अवार्ड जितेको यो छैटौं पटक हो, जुन नेपालमा सबैभन्दा धेरै बैंकर अवार्ड जितेको हो।

उदाहरणीय सेवा र व्यवसायका लागि छैटौं पटक ‘बैंक अफ द इयर ‘अवार्ड प्राप्त गरेको नेपाल इन्भेष्टमेण्ट बैंकले अन्तर्राष्ट्रिय प्रकाशन( युरोमनीबाट बेस्ट बैंक २०१८ र बेस्ट बैंक २०२१ को लागि युरोमनी अवार्डहरू पनि प्राप्त गरेको छ ।

Banker - Photo 2.jpg

बैंकले यो अवार्डलाई नेपालको वित्तीय क्षेत्र र समाजलाई पुर्याएको महत्वपूर्ण योगदानको प्रमाण भएको र यसले विकास र दिगोपनतर्फ लाग्ने बैंकहरूको समर्पणलाई पनि प्रोत्साहित गरेको बताएको छ ।

बैंककाअध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले डिसेम्बर १, २०२२ बिहीबार बेलायतको लण्डनमा आयोजित बिशेष समारोहमा बैंकको तर्फबाट अवार्ड ग्रहण गर्नुभएको थियो

बैंकले नेपाली संस्कृति कला र सम्पदाको सशक्त संरक्षण र प्रवर्द्धन गरी संस्थागत सामाजिक उत्तरदायित्वतर्फ उल्लेखनीय योगदान पुर्याएको जनाएको छ ।

एनआइबिएलले ८८ शाखा, १ सय ३३ एटिएम, २२ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ६० ग्रामीण शाखारहित बैंकिङ काउन्टरबाट १० लाख भन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकलाई अन्तर्राष्ट्रिय साख निर्धारण निकाय नेपाल(इक्रा)ले ‘ए’ श्रेणीमा राखेको छ ।

Banker- Photo 1.jpg

Share Now

Leave a comment.