Prakash Adhikari August 17, 2023

जेरुसेलम(इजराइल), ३२ श्रावण । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारीले आज इजरायली क्लब हापोएल रानानाको लागि डेब्यु गर्दै छिन्।

क्लबले नकआउट प्रतियोगिता अन्तर्गत विहीबार दोस्रो चरणमा हादेराको सामना गर्दा सावित्राले डेब्यु गर्ने भएकी हुन् । खेल नेपाली समयअनुसार रातको १०ः ४५ बजे सुरु हुनेछ ।

सावित्राको टोलीले पछिल्लो दुई सातादेखि नयाँ सिजनको लागि प्रशिक्षण गरिरहेको छ । क्लबमा अमेरिकाका तीन खेलाडी पनि आबद्ध रहेका छन् । यसबाहेक इजरायलको उमेर समूहमा खेल्ने राष्ट्रिय खेलाडी पनि क्लबमा छन् ।

सावित्रा पहिलो पटक युरोपेली लिग खेल्न २ साताअघि इजरायल पुगेकी थिइन् । उनले टोलीसँग नियमित प्रशिक्षण गर्दै डेब्युका लागि उत्साहित रहेको बताएकी छन्।

सावित्रा आजको खेलमा उत्रिएसँगै युरोपको आधिकारिक शीर्ष प्रतियोगिता खेल्ने पहिलो नेपाली खेलाडी बन्नेछिन् । खेलको प्रत्यक्ष प्रसारण भने नहुने क्लबले जनाएको छ ।

इजरायल फुटबल संघसँग प्रसारण अधिकार रहेको र क्लबको आग्रहलाई हालसम्म कुनै जवाफ नफर्काएको क्लबको व्यवस्थापक डोरोथी गुरले जानकारी दिइन् ।

Share Now

Leave a comment.