काठमाडौं, १३ आषाढ । युनाइटेड एजोड इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
दुवै संस्थाहरुबीच सम्झौता पत्रमा आषाढ ११ गते हस्ताक्षरसम्पन्न भएको छ ।
उक्त सम्झौता पत्रमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रधान कार्यलय सुन्धारामा हस्तारक्षर गर्नुभएको थियो ।
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको जेठ ३१ गते सम्पन्न भएको विशेष साधारण सभाले आफ्नो हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
सो प्रस्ताव कार्यान्वयनका लागि कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरी संझौता गरेको हो ।


















